Prakash Adhikari February 3, 2025

काठमाडौं,२१ माघ । लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधरणमा प्राथमिक शेयर जारी गर्ने भएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

लामिनार टाईल्स नेपालको पहिलो र एक मात्र सत्प्रतिशत भिट्रीफाईड टाईल्स हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ । लामिनार टाईल्स् नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्स्हरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन शुरु गरिएको कम्पनीले जनाएको छ । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।

शेयर निष्काशन,बिक्री तथा बाँडफाँट सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नुभएको कम्पनीले जनाएको छ ।

Share Now