Prakash Adhikari February 16, 2025

कीर्तिपुर(काठमाडौं),४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

राष्ट्रपति पौडेल आइतवार बिहान सो अस्पताल पुगेर मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियोे ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिवार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको आइसियुमा शनिवार भर्ना हुनुभएको थियोे ।

Share Now