Prakash Adhikari April 3, 2025

-ज्यास्मिन फक्स–स्केली

लण्डन(संयुक्त अधिराज्य), २१ चैत्र(बीबीसी) । दैनिक एक पटक चिरा परेको वा सर्लक्क परेको ससेजजस्तो दिसा भएमा त्यसलाई उत्तम मानिन्छ।

तपाईँ दिनमै तीन पटक दिसा गर्ने किसिमको व्यक्ति हुनुहुन्छ वा शौचालयतर्फको यात्रा विरलै वा कहिलेकाहीँ मात्रै हुने गर्छ? अझ महत्त्वपूर्ण कुरा शौचको प्रवृत्तिले तपाईँको स्वास्थ्यका बारेमा के भन्छ?

आरामले बस्नुस् र शौचको विज्ञानबारे जान्नुहोस्।

कति पटक ?

हामीले कति पटक मल त्याग गर्छौँ भन्ने कुरा व्यक्तिअनुसार फरक पर्न सक्छ। प्रत्येक पटक हामीले खाना खाँदा ठूलो आन्द्रा खुम्चिन्छ र खानालाई पाचननलीतर्फ धकेल्छ।

‘ग्यास्ट्रोकोलिक रिफ्लेक्स’ भनिने यो स्वचालित प्रक्रियाको परिणामस्वरूप उत्पादन हुने होर्मोनहरूका कारणले हामीलाई मल त्याग गर्ने इच्छा हुन्छ, जसलाई ुदिसा बस्ने सङ्केत वा आग्रहुका रूपमा पनि चिनिन्छ। हामीमध्ये धेरैले त्यस्तो सङ्केतलाई दबाउन सिकेका छौँ तथापि त्यसको अर्थ दिनको एक पटक वा कम पटक दिसा बस्नु नयाँ मानक बनेको छ भन्ने हो।

अस्ट्रेलियाको क्यान्बरा अस्पतालका ग्यास्ट्रोएन्टरोलजिस्ट डाक्टर मार्टिन भेसे भन्नुहुन्छ ,”हामी सबै यति व्यस्त हुन्छौँ कि हामीलाई शौचालय जान पनि फुर्सद छैन।”

परम्परागत दाबीका अनुसार दिनको एक पटक दिसा बस्नुलाई प्रायस् राम्रो स्वास्थ्यको सूचकका रूपमा लिन सकिन्छ। तर विगतमा मलत्यागका सम्बन्धमा के कुरालाई सामान्य मान्ने भन्ने थाहा थिएन।

एउटा अध्ययनले त प्रत्येक केही सातादेखि महिनौँमा एकपटक दिसा बस्नेदेखि दिनमै २४ पटकसम्म दिसा बस्ने कुरालाई पनि सामान्य मान्न सकिने बताएको थियो।

तर हामी यूकेस्थित ब्रिस्टोल रोयल इन्फर्मरीका कन्सल्टेन्स फिजिसिअन केन हिटनजस्ता वैज्ञानिकहरूको अग्रणी कार्यका निम्ति धन्य हुनुपर्छ, जसका कारणले हामीले यसबारे राम्ररी बुझ्न पाएका छौँ। सन् १९८० को दशकको अन्त्यमा केटन र उशमका सहकर्मीहरूले पूर्वी ब्रिस्टोलका बासिन्दामाझ एउटा सर्वेक्षण गर्नुभएको थियो।

सहभागीहरूलाई तपाईँ कतिपटक मलत्याग गर्नुहुन्छ भनेर सोधिएको थियो।

सर्वेक्षणको परिणामले मलत्यागका सम्बन्धमा विद्यमान विविधताबारे थाहा भयो। यद्यपि आमबानी भने दिनको एक पटक दिसा बस्नु थियो। त्यस्तो बानी हुनेमा ४० प्रतिशत पुरुष र ३३ प्रतिशत महिला थिए। त्यस्तै केहीले हप्तामा एकपटक र केहीले दिनकै तीनपटक दिसा बस्ने पनि बताएका थिए। समग्रमा “पारम्पारिक रूपमा सामान्य ठानिने दिनको एकपटक दिसा बस्नेको सङ्ख्या आधाभन्दा पनि कम रहेको र युवा महिलाहरू त्यसबाट वञ्चित रहेको” निष्कर्ष निस्कियो।

हिटनको योगदान त्यतिमा मात्रै सीमित भएन। ब्रिस्टोल स्कुलले बनाएका चित्रहरू पछि चिकित्सकहरूले पाचनसम्बन्धी समस्याको निदानका निम्ति प्रयोग गर्न थाले।

वर्ग विभाजन

यूकेको राष्ट्रिय स्वास्थ्यसेवा (एनएचएस) र अन्य स्वास्थ्य निकायहरूले दिनमा तीन पटकदेखि हप्तामा तीन पटकसम्म दिसा हुनुलाई सामान्य मानिने बताएका छन्। तर ुसामान्यु र ुस्वस्थु एउटै कुरा हुन् भन्ने जरुरी छैन। वैज्ञानिकहरूले हामीले कति पटक मल त्याग गर्छौँ भन्ने रहस्य समाधान गरिसकेका हुन सक्लान्, तर त्यसले कति पटक दिसा गर्नुपर्छ भन्ने प्रश्न सुल्झाउँदैन।

यद्यपि अनुसन्धानकर्ताहरूले व्यक्तिको शौचकार्य र उनीहरूको स्वास्थ्यबीच बलियो अन्तर्सम्बन्ध रहेको बताउने क्रम बढ्दै गएको छ।

उदाहरणका लागि संयुक्त राज्य अमेरिकामा गरिएको एउटा अनुसन्धानलाई हेरौँ। सन् २०२३ मा १४ हजार ५ सय ७३ जना वयस्कहरूको दिसा गर्ने बानीको जाँच गरियो। सबैभन्दा धेरै अर्थात् ५०.७ प्रतिशत मानिसहरू सातामा सात पटक दिसा गर्थे र सबैभन्दा सामान्य दिसाको प्रकार ूससेज वा सर्पजस्तै चिल्लो र नरमू थियो।

त्यसपछि अनुसन्धानकर्ताहरूले दिसाको प्रवृत्ति र मृत्युदरबीच सम्बन्ध भए नभएको हेर्न सहभागीहरूलाई पाँच वर्षभन्दा बढी समयसम्म पछ्याए। उनीहरूले हप्तामा चार पटक नरम दिसा गर्ने मानिसहरू हप्तामा सात पटक दिसा गर्नेहरूको तुलनामा पाँच वर्षभित्र मर्ने सम्भावना १.७८ गुणा बढी भएको पत्ता लगाए। अनियमित दिसा गर्नेहरू पनि क्यान्सर र हृदयरोगबाट मर्ने सम्भावना क्रमशः २.४२ र २.२७ गुणा बढी रहेको पाइयो।

कति मात्रामा दिसा हुनु उपयुक्त हो भन्ने प्रश्न पनि अनुसन्धानकर्ताहरूलाई सताइरहने प्रश्न हो। अमेरिकाको सियाटलस्थित ुइन्सटिच्यूट फर सिस्टम्स बायोलजीुका माइक्रोबायोलजिस्ट सियन गिबन्सको नेतृत्मा सन् २०२४ मा एउटा अनुसन्धान भएको थियो।

त्यस क्रममा १ हजार ४ सय जना स्वस्थ वयस्क मानिसहरूलाई उनीहरूको दिसा बस्ने बानीका आधारमा कब्जियत भएका ९सातामा एकदेखि दुई पटक दिसा बस्ने०, सामान्यभन्दा कम (सातामा तीनदेखि छ पटक दिसा बस्ने), उच्च सामान्य (दिनहुँ एकदेखि तीन पटक) र पखाला लाग्ने व्यक्तिहरू गरी चार भागमा विभाजित गरियो।

त्यसपछि उनीहरूले मल त्याग गर्ने प्रवृत्ति र व्यक्तिको पेटको ुमाइक्रोबायोमुबीच सम्बन्ध भए नभएको केलाउने कोसिस गरियो।

गिबन्सले दिनमा एकदेखि तीन पटकसम्म दिसा बस्नेहरूको पेटमा ुराम्रोु ब्याक्टेरियाको अनुपात कम शौचालय जाने मानिसहरूको तुलनामा अधिक हुने पत्ता लगाउनुभयो। अर्कातर्फ गिबन्सले सातामा तीन पटकभन्दा कम दिसा बस्नेहरूको रगतमा विषाक्त तत्त्व हुने सम्भावना समेत हुने पनि पत्ता लगाउनु भयो, जसलाई दीर्घकालीन मिर्गौलासम्बन्धी समस्या र अल्जाइमर्ससँग जोडिने गरेको थियो।

“उच्च सामान्य स्थितिको शौचको अवस्थामा हामीले एनरोबिक सूक्ष्मजीवको वृद्धि भएको पायौँ, जसले सानो शृङ्खलामा ‘फ्याटी एसिडु पैदा गर्छ’, गिबन भन्नुहुन्छ। तीमध्ये ‘ब्युटरेट’ नामको एसिडले शरीरमा हुने सुजनलाई घटाउन मद्दत गर्छ। दीर्घकालीन सुजनले मुटुरोग, टाइप–टू मधुमेह र अर्जाइमर्समा योगदान पुर्‍याउने भएकाले उक्त एसिडको उत्पादन हुनु महत्त्वपूर्ण हुन्छ।

गिबन्स कब्जियतबाट पीडित मानिसले कम मलत्याग गर्ने भएका कारण लामो समयसम्म दिसा पेटमा रहने हुँदा त्यस्ता व्यक्तिको रक्तप्रवाहमा उच्च स्तरमा हानिकारक विषाक्त पदार्थ पैदा हुने कुरामा विश्वास गर्छन्। त्यस क्रममा पेटमा हुने ब्याक्टेरियाहरूले उपल्ब्ध सबै फाइबरहरू खाइदिन्छन् र हितकारी फ्याटी एसिड पैदा गर्छन्।

तर समस्या कहाँनेर आउँछ भने फाइबर सकिएपछि ब्याक्टेरियाहरूले प्रोटीनहरू पैदा गर्न थाल्छन्। त्यस्ता प्रोटीनले रक्तप्रवाहमा हानिकारक विषाक्त तत्त्वहरू पैदा गर्छन्। तिनलाई मुटु र मिर्गौलासहितका अङ्गहरूमा क्षति पुर्‍याउने तत्त्वका रूपमा चिनिन्छ।

“हामीसँग कार्यकारक सम्बन्ध देखाउने तथ्य नभएकाले भविष्यमा यी मानिसहरू बिरामी पर्छन् वा पर्दैनन् भनेर ढुक्कले भन्न त गाह्रो छ तर हाम्रो अध्ययनका आधारमा दिन बिराएरदेखि दिनहुँ दुई पटकसम्म दिसा गर्नु सम्भवतस् स्वास्थ्यको हिसाबले उत्तम प्रतीत हुन्छ”, गिबन्स भन्नुहुन्छ।

दिसा र स्वास्थ्यको सम्बन्ध

तथापि अन्तरसम्बन्ध हुनु र कारण(प्रभावको सम्बन्ध हुनु एउटै होइन। कम दिसा बस्ने मानिसहरू पहिल्यैदेखि कम स्वस्थ पनि हुन सक्छन् यद्यपि गिबनको अध्ययनले पहिले कुनै स्वास्थ्य समस्या नभएका मानिसहरूलाई सर्वेक्षणमा सामेल गराएर अध्ययनलाई नियन्त्रण गर्ने कोसिस गरेको थियो।

पेटको स्वास्थ्य जाँच्ने एउटा तरिका भनेको खानालाई पाचन प्रणालीको यात्रा गर्न कति समय लाग्छ भनेर हेर्नु पनि हो। स्वीटकर्नजस्तो ‘चम्किलोु’ खानेकुरा खाएर त्यसलाई पेटको अर्कोपट्टि निस्किन कति समय लाग्छ भन्ने हेरेर तपाईँले घरमै सजिलै यसको परीक्षण गर्न सक्नुहुन्छ। सामान्यता धेरै पाचनक्रियामा धेरै समय लागेमा कम दिसा हुन्छ र त्यस्ता मानिसले कब्जियत सामना गर्नुपर्ने हुन सक्छ।

सन् २०२० मा किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूले ८ सय ६३ जना मानिसलाई खानेकुराको पाचन यात्रा हेर्न नीलो ुमफिनु खान दिए। उक्त अध्ययन अनुवांशिकी तथा पेटको माइक्रोबायोम तथा खानासहितका अन्य कारकहरूले कसरी ‘ब्लड सुगर’, चिल्लो पदार्थको स्तर र खाना पच्न लाग्ने समयमा असर पार्छन् भन्ने विषयमा केन्द्रित थियो।

अध्ययनले पाचन प्रणालीमा खाना अघि बढ्ने कार्य १२ घण्टादेखि कैयौँ दिनसम्म लाग्ने र मानिसअनुसार व्यापक फरक पर्ने देखायो। त्यसका साथै छोटो समयमा खाना पच्ने व्यक्तिले अधिक पटक मलत्याग गर्ने र लामो समय लाग्ने व्यक्तिका तुलनामा उनीहरूको पेटमा स्वस्थकर ब्याक्टेरियाहरू हुने गरेको पाइयो।

किङ्स कलेज लन्डनकी माइक्रोबायोम वैज्ञानिक एमिली लीमिङ भन्नुहुन्छ, “धेरै समय लाग्ने व्यक्तिको भुँडीमा अधिक खराब ब्याक्टेरिया हुने गरेको पाइयो, जसलाई पहिले खराब मुटुसम्बन्धी र ‘मेटाबलिक स्वास्थ्यसँग जोडिन्थ्यो। ”

उक्त निष्कर्ष पाचनमा ५८ घण्टा वा अधिक समय लाग्ने र सातामा तीन पटकभन्दा कम पटक दिसा गर्ने व्यक्तिहरूमा अझ स्पष्ट देखियो।

लीमिङको अध्ययनका अनुसार पाचनका निम्ति कम समय लाग्ने व्यक्तिहरूलाई पेट तथा आन्द्राभुँडीलाई घेरेर बस्ने अङ्गहरूमा बोसो नलाग्ने लाभ पनि प्राप्त हुन्छ। त्यस्तो बोसोले हृदयरोग र मधुमेह तथा केही क्यान्सरसहित धेरै किसिमका जोखिम बढाउन सक्छ।

यी निष्कर्ष वैज्ञानिकहरूद्वारा जानकारी हासिल गरिएका कब्जियत र त्यससँग जोडिएका दीर्घकालीन रोगसँग सम्बन्धित कुराहरूसँग मेल खान्छन्। दीर्घकालीन कब्जियत हुने व्यक्ति पाचनका अङ्गसँग जोडिएको क्यान्सरजस्ता समस्याको जोखिममा हुन्छन्। यद्यपि यससम्बन्धमा मिश्रित प्रमाणहरू छन्। अर्को एउटा विश्लेषणले कब्जियत हुने व्यक्तिहरूमा त्यस्तो क्यान्सरको उच्च जोखिम नहुने देखाएको छ।

“तर हामी शरीरका अन्य अङ्गसँगका सम्बन्धलाई पनि हेर्छौँ। उदाहरणका लागि पार्किन्सन्स रोग लागेका व्यक्तिहरूमा त्यस्तो सङ्केत देखिनुभन्दा २० वर्ष अघिदेखि कब्जियतको समस्या भएको हुन सक्छ”, लीमिङ भन्नुहुन्छ।

यसैबीच भेसे भने सुस्त पाचन यात्रा र पित्ताशयको थैलीमा हुने पत्थरीबीचको ज्ञात सम्बन्धबारे सङ्केत गर्छन्। “यसले पाचनका अङ्गहरूमा असामान्य कोषिकाहरूको विकास हुने जोखिम बढाउँछ। क्यान्सरपूर्वका त्यस्ता घाउहरू क्यान्सर बन्न सक्छन्”, उहाँले भन्नुभयो।

तपाईँको दिसाले स्वास्थ्यको बारेमा के भन्छ?

मल त्यागको सङ्ख्याभन्दा पनि दिसा बस्ने बानीमा कुनै अस्पष्ट परिवर्तन देखिएको नदेखिएको थाहा पाउन महत्त्वपूर्ण हुने बताउँदै लीमिङ आफ्नो लागि सामान्य के भन्ने जान्न र आफ्नो बानीलाई ख्याल गर्न सुझाउनु हून्छ।

“हामी सबैले हाम्रो दिसा कस्तो छ भन्ने ख्याल राख्नुपर्छ। यो पेटको स्वास्थ्यको निस्शुल्क परीक्षणजस्तै हो”, उनी भन्छिन्, “त्यो तपाईँले कति पटक मल त्याग गर्नुहुन्छ भन्ने कुरामा मात्रै होइन, त्यसको रङ्ग र आकार पनि निर्भर हुन्छ। ब्रिस्टोलको मानकअनुरूपको ‘टाइप थ्री’ देखि ‘टाइप फोर’ को दिसा हुनु उत्तम हो, जुन कि त चिरा परेको वा चिल्लो ससेजजस्तो हुन्छ।”

रङ्गको हकमा भन्नुपर्दा कालो वा रातो रङ्ग देखियो भने त्यसले दिसामा रगतको उपस्थितितर्फ सङ्केत गर्छ। त्यो हानिरहित हुन सक्ने भए पनि ‘कोलोरेक्टलु क्यान्सर (आँतको क्यान्सर) को सङ्केतसमेत हुन सक्ने भएकाले डाक्टरलाई देखाइहाल्नुपर्छ। खाना खाएपछि पखाला लाग्ने, बाउँडिने, फुल्ने वा ग्यासको समस्या देखिएमा पनि डाक्टरलाई देखाउनुपर्छ।

अन्त्यमा, तपाईँ अधिक ुनियमितु हुन चाहनुहुन्छ भने तपाईँले तीनवटा सामान्य कुरा गर्न सक्नुहुन्छ। “हाम्रो अध्ययनमा उच्च–सामान्य मल त्याग गर्ने बानी भएका मानिसहरूले धेरै फलफूल र तरकारी खाने, धेरै पानी पिउने र शारीरिक रूपमा अधिक सक्रिय रहने गरेको पाइयो,” गिब्बन्स भन्नुहुन्छ ।

Share Now