Prakash Adhikari July 20, 2018

ललितपुर, ४ साउन । नेपाली काग्रेसले आफ्नो पार्टीका संस्थापक तथा विश्व प्रजातान्त्रिक समाजवादी आन्दोलनका महान नेता जननायक बी.पी. कोइरालाको स्मृतिमा श्रावण ६ गते केन्द्रदेखि वडातहसम्म विशेष कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समुपस्थिति तथा केन्द्रीय नेताहरुको उपस्थितिमा श्रावण ६ गते विहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा ३६ औँ बी.पी. स्मृति दिवस मनाइने कार्यक्रम रहेको छ ।

कांग्रेसले देशका ७७ वटै जिल्ला,सबै क्षेत्र, नगर, गाउँ, वडा तहसम्म र भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिहरुले सबैको सहभागितामा वृक्षारोपण/रक्तदान/ सभा/गोष्ठी/-याली/प्रशिक्षण लगायतका विविध रचनात्मक कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी ३६ औँ बी.पी. स्मृति दिवस मनाउन निर्देशन दिइसकेको छ ।

नेपाली कांग्रेसका संस्थापक प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् पार्टी सभापति कोइरालाको निधन २०३९ साल साउन ६ गते भएको थियो ।

Share Now

Leave a comment.