कांग्रेस सभापति देउवाद्धारा अनशनरत डा. गोविन्द के.सी.संग भेट,वार्ता गरि माग पूरा गर्न सरकारसंग आग्रह
काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा.गोविन्द केसीलाई शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पताल पुगेर भेट गर्नुभएको छ ।
अनशनरत डा. के.सी. संग भेट गरेपछि उहाँले आफ्नो फेसबुक स्टाटसमा जनाउनुभए अनुसार डा.के.सीको स्वास्थ्य अवस्था निकै कमजोर छ ।
कांग्रेस सभापति देउवाले लेख्नुभएको छ, ‘उहाँ मसँग बोल्न खोज्दा पनि बोल्न सक्नु भएन । लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ । तर डा.केसीको पछाडी हामी लाखौ छौ । म सरकारलाई तत्काल उहाँसँग वार्ता गरेर माग पुरा गरि जीवन बचाउन माग गर्दछु ।