Prakash Adhikari April 23, 2025

 

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गर्नुभएको छ।

उहाँको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाए पनि राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुभएको बताइएको छ।

कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका तामाङ नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न नहुने अडानमा हुनुहुन्थ्यो।

पछिल्लो समय आफ्नै मन्त्रालयका‍ सचिव सुरेश आचार्यसँग स्पष्टीकरण माग्नुभएको थियो ।

सामान्यतः गठबन्धन सरकारमा साझेदार दलका नेताले मन्त्रीहरुको नाम सिफारिस गर्ने र हटाउन पनि संबन्धित दलका प्रमुखसंग परामर्श गरेर उनीहरुकै सिफारिसमा हटाउने प्रचलन हुन्छ । तर कांग्रेस सभापति शेरबहादुर देउवा देशबाहिर रहेको बेलामा कांग्रेसबाट राज्यमन्त्रीमा सिफारिस हुनुभएका तामाड.लाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुभएको छ।

Share Now