इडेन गार्डेन(कोलकोता, भारत), १४ बैशाख(एजेन्सी) । इन्डियन प्रिमियर लिग (आइपीएल) शनिवार राति भएको खेल वर्षाले अवरोध सिर्जना गरेकोछ ।
कोलकाताको इडेन गार्डेन्समा भएको कोलकोता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहिन भएको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको पञ्जाबले ४ विकेटको २ सय १ रन बनाएको थियो ।
जवाफी ब्याटिङ थालेको कोलकाताले एक ओभरमा ७ रन बनाएको अवस्थामा वर्षा सुरु भयो ।
त्यसपछि खेल हुन नसकेपछि दुवै टोलीले अङ्क बाँडेका छन् । पञ्जाबको ९ खेलमा ११ अंक भएको छ ।
पञ्जाब तालिकाको चौथो स्थानमा छ । समान ९ खेलमा कोलकाताको ७ अंक छ । कोलकाता सातौं स्थानमा छ ।
आइपीएल क्रिकेटमा आज २ वटा खेल हुँदै छन् ।


















