Prakash Adhikari April 27, 2025

मुम्बई(महाराष्ट्र भारत), १४ वैशाख (एजेन्सी) । आईपीएलमा आइतवार भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले ५४ रनको अन्तरले लखनउ जायन्ट्सलाई पराजित गरेको छ ।

मुम्बई इण्डियन्सका जसप्रति बुमराह र ट्रेन्ट बोल्टले ७ विकेट लिएपछि मुम्बई आज लखनउ सुपर जायन्ट्सलाई ५४ रनले पराजित हुन पुगेको हो।

जितसँगै मुम्बई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।‌

खेलमा २ सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो।

लखनउका लागि आयुष बोधानीले सर्वाधिक ३५ रन जोडे।

लखनउलाई रोक्ने क्रममा मुम्बईका बुमराहले ४ र बोल्टले ३ विकेट लिए।

त्यसअघि मुम्बईको घरेलु क्रिकेट मैदान वानखडेमा टस हारेर ब्याटिड. गरेको मुम्बई इण्डियन्सले ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा ७ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो।

मुम्बईका ओपनर रोहित शर्मा १२ रन बनाएर आउट भए ‌। अर्का ओपनर रायनले टोलीका लागि सर्वाधिक ५८ र सूर्य कुमारले ५४ रनको योगदान दिए।

रायनले ३२ बलमा ६ चौका र ४ छक्का तथा सूर्यकुमारले २८ बलमा समान ४ छक्का र चौका प्रहार गरे। विल ज्याक्सले २९, निमन धिरले २५, कर्विन बोस्चले २० रन जोडे।

मुम्बईलाई रोक्ने क्रममा लखनउका मयंक यादव र आभेष खानले समान २ तथा प्रिन्स यादव, दिगवेश राठ्ठी र रवि विष्नोईले समान १ विकेट लिए।

यो जितसंगै मुम्बईको १२ अंकसहित दोस्रो स्थानमा पुगेको छ। १० अंकका साथ लखनउ छैटौं स्थानमा छ।

 

Share Now