
काठमाडौं, १५ वैशाख । भारतमा आयोजना हुने यु १९ साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले वैशाख २६ देखि जेठ ४ तद्अनुसार मे ९ देखि १८ सम्म आयोजना हुने च्याम्पियनसिपका लागि आइतवार टोलीको अन्तिम छनोट गर्नुभएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन्।
च्याम्पियनसिपको समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
नेपाली यु -२० अन्तिम टोली
गोलकिपर – भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बनियाँ
डिफेन्डर – रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का
मिडफिल्डर – कृष्णबहादुर आले, कृष थापा मगर, सरोज डर्लामी, लछु थापा, सबिनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का
फरवार्ड – पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ