Prakash Adhikari July 24, 2018

 

लण्डन(संयुक्त अधिराज्य), ८ साउन । नेपालको राष्ट्रिय क्रिकेट टिम इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग सोमबार राती भएकोअभ्यास खेलमा १९ रनले पराजित भएको छ। यूरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो अभ्यास खेल हो ।

सोमबारको खेलमा नेपाल कप्तान पारस खड्कालाई विश्राम दिएर मैदानमा उत्रिएको थियो ।

https://www.facebook.com/StCrossSymondiansCC/videos/483738985399731/

टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । जिम्मी एडम्सको ७२ रनको मद्दत्ले घरेलु टोलीले सो स्कोर खडा गरेको हो । एडम्सले फिलिक्स अर्गानसंग मिलेर ८२ रनको साझेदारी गरेका थिए ।

नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २÷२ विकेट लिएका थिए । सन्दिप लामिछानेले एक विकेट लिए ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो । कप्तान पारस खड्का बिना मैदान उत्रिएको नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए ।

अनिल कुमार शाहले ५६ रन जोड्नु बाहेक अरु खेलाडीको प्रर्दशन फितलो रह्यो । आरिफ शेखले ३४ रन बनाए भने सोमपाल कामी १६ रनमा अविजीत रहे ।

इंङ्ल्याण्डको लर्डस हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एक दिवसीय क्रिकेट सिरिजको तयारीकालागि युरोप भ्रमणमा रहेको नेपालले स्थानीय क्लबसंग अभ्यास खेल खेलिरहेको छ ।

यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २ सय ४३ रनले हराएको थियो । नेपाललाई विजयी गराउन कप्तान पारस खड्काले १ सय ६१ रनको शतकीय पारी खेलेका थिए ।

Share Now

Leave a comment.