Prakash Adhikari July 25, 2018

 

लयडन(संयुक्त अधिराज्य), ९ साउन । लर्डसमा हुने त्रिदेशीय ट्वान्टी २० सिरिज क्रिकेट प्रतियोगिता र नेदरल्याण्डसंग हुने एक दिवसीय सिरिजको प्रतियोगिताको लागि युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले आज इङ्ल्याण्डको स्थानीय क्लब इष्ट लण्डन ११ संग तेस्रो अभ्यास खेल खेलिरहेको छ ।

आज भैरहेको खेलमा इष्ट लण्डन एघारले टस जितेर फिल्डिड. रोजेको छ ।

निर्धारित ५० ओभरको खेलमा  पहिलो इनिड.मा नेपाली टीमले ८ विकेट गुमाउदै ३ सय ३८ रन जोडन सक्यो ।

Nepal Batting

R B 4s 6s SR
Subash Khakurel out 8 10 2 0 80.00
Anil Kumar Shah out 131 118 19 3 111.02
Gyanendra Malla out 9 21 1 0 42.86
Paras Khadka out 4 4 1 0 100.00
Sharad Vesawkar lbw Nabeel Aziz 98 86 6 6 113.95
Dipendra Singh Airee run out 0 0 0 0 0.00
Rohit Kumar Paudel run out 11 19 0 0 57.89
Sompal Kami out 29 20 1 2 145.00
Karan KC not out 13 7 1 1 185.71
Shakti Gauchan not out 9 17 0 0 52.94
Lalit Narayan Rajbanshi DNB

East London XI Bowling

अहिलेसम्म अनिलकुमार साहले १सय ३१ रन शरद् भेवाकरले ९८ रन बनाए । अरु खेलाडीहरु सस्तैमा आउट भएका छन् ।

https://www.youtube.com/watch?v=UCaaSmiSaI4

नेपाल सेन्ट क्रससंग भएको दोस्रो अभ्यास खेलमा १९ रनले पराजित भएको थियो ।

इंङ्ल्याण्डको लर्डस हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एक दिवसीय क्रिकेट सिरिजको तयारीकालागि युरोप भ्रमणमा रहेको नेपालले स्थानीय क्लबसंग अभ्यास खेल खेलिरहेको छ ।

यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २ सय ४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १ सय ६१ रनको शतकीय पारी खेलेका थिए ।

Share Now

Leave a comment.