Prakash Adhikari May 11, 2025

काठमाडौं, ८ वैशाख । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

Share Now