काठमाडौं, ९ वैशाख । विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिनुभएको छ। उहाँले आइतवार समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाउनुभएको हो।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार विश्व पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पठाइसक्नु भएको छ।
नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेसँगै उहाँको राजीनामा आएको हो ।
यस पहिले नेपाली कांग्रेस प्रस्तावित गरेका डा. गुणाकर भट्टको राजिनामा राष्ट्र बैंककी का.मु. गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि नेपाली कांग्रेसले नयाँ व्यक्ति अगाडि सारेको हो ।
डा.विश्वनाथ पौडेल यस पहिले राष्ट्रिय योजना आयोगको नेतृत्व सम्हालिसक्नु भएको छ ।


















