काठमाडौं, १३ जेठ । त्रिभुवन आर्मी क्लब प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंउशालामा सोमबार भएको फाइनलमा आर्मीले विभागीय टिम नेपाल एपीएफ क्लबलाई एकपक्षीय खेलमा २०(५ ले हराउँदै उपाधि जित्यो ।
आर्मीले १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको एपीएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो । विजेता आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी बनिन्। उनलाई ७ हजार रुपैयाँ पाइन् ।
पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे।
सहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो।
एकेडेमीले प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीपछि ब्याडमिन्टन, फुटसल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्ने बताएको छ।


















