काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गर्नुभएको छ । यो बजेटको आकार चालु आर्थिक बर्षको भन्दा १ खर्ब ४ अर्ब ठूलो छ ।
विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुनेछ ।
यो खर्चमध्ये रु १३ खर्ब १५ अर्ब राजस्वमार्फत्, वैदेशिक अनुदानबाट रु ५३ अर्ब ४५ करोड र वैदेशिक ऋणमार्फत् रु २ खर्ब ३३ अर्ब ६६ करोड जुटाइने छ । बाँकी रु ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण लिएर बजेट स्रोतको व्यवस्थापन गरिने छ ।


















