काठमाडौं, २० जेठ । Midea होम अप्लायन्सेसद्वारा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको “New Era of Smart Living” योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ जेठ २०८२ मा फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण Midea नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।
यस लक्की ड्र कार्यक्रम अन्तर्गत काठमाडौं निवासी बलराम कार्की मासिक उपहारको रूपमा ८ केजी Midea वाशिङ मेसिन जित्न सफल हुनुभएको छ । उहाँले चौधरी समूह अन्तर्गतको आधिकारिक Midea डिलरबाट Midea उत्पादन खरिद गरी योजनामा सहभागीता जनाउनुभएको थियो। खरिदपछि गरिएको QR कोड स्क्यानद्वारा दर्ता प्रणालीले उहाँलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो।
Midea एक विश्वप्रसिद्ध उपभोक्ता उपकरण ब्रान्ड हो जसले विश्वभरका करिब २०० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ। नेपालमा Mideaले सबै किसिमका स्मार्ट होम उपकरणहरू उपलब्ध गराउँदै आएको छ, जसमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, राइस कुकर, डिशवाशर, भ्याकुम क्लीनर, वाटर प्युरीफायर, रुम हिटर लगायतका उपकरणहरू समावेश छन्। Mideaका उत्पादनहरू विश्वस्त गुणस्तर, नवीन डिजाइन र उर्जासक्षम प्रविधिमा आधारित छन्, जसले नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउँछ।
CG Electronics, नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी मध्ये एक हो, जसले Midea होम अप्लायन्सेसको आधिकारिक वितरकको रूपमा काम गर्दै आएको छ। चौधरी समूह अन्तर्गत सञ्चालित यस संस्थाले देशव्यापी रूपमा डिलर नेटवर्कमार्फत मिडिया उत्पादनहरू उपलव्ध गराउँदै आइरहेको छ।
कम्पनीले आउँदो बम्पर ड्र कार्यक्रमहरू अझै बाँकी रहेको जानकारी दिंदै Midea उत्पादन खरिद गरी QR कोड स्क्यानमार्फत आफ्नो विवरण दर्ता गरी स्मार्ट जीवनशैलीको साथ उपहार जित्ने मौका नछुटाउन आग्रह गरेको छ । उसले थप जानकारीका लागि नजिकको मिडिया डिलर वा CG Electronics को शोरूममा सम्पर्क गर्न अनुरोध गर्दै यसमा सर्तहरू लागू हुने पनि जनाएको छ ।


















