• आशा खबर
  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापन
  • सम्पर्क
  • Unicode Converter
Aasha News
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य खबर
    • राजनीति
    • स्वास्थ्य
    • खेल
    • निगरानी
    • न्यायिक
    • प्रवास
    • पर्यटन
    • स्वास्थ्य
    • शिक्षा
    • दुर्घटना
    • अपराध
    • मनोरञ्जन/साहित्य
    • विविध
    • प्रदेश, जिल्ला र पालिका समाचार
    • मुख्य खबर
    • राजनीति
    • रोजगारी
    • आशा भिडियो च्यानल
  • विश्व
  • आर्थिक
  • दृष्टिकोण
  • मनोरञ्जन/साहित्य
  • रोचक
  • खेल
  • English

You are here:

  • Home
  • मुख्य खबर
  • दिगो पर्यटन विकासका लागि सामूहिक रणनीति फराकिलो बनाउने निष्कर्षसहित सकियो ‘हिमालयन ट्राभल मार्ट’

दिगो पर्यटन विकासका लागि सामूहिक रणनीति फराकिलो बनाउने निष्कर्षसहित सकियो ‘हिमालयन ट्राभल मार्ट’

Prakash Adhikari June 6, 2025

काठमाडौँ, २३ जेठ : दिगो पर्यटन विकासमा हिमालय मुलुकहरूबीच सामूहिक प्रयास तथा अन्तरराष्ट्रिय रूपमा गन्तव्य प्रवर्द्धनको रणनीतिलाई फराकिलो बनाउने निष्कर्षसहित अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौँ संस्करण काठमाडौँमा बिहीबार सम्पन्न भएको छ ।

यही जेठ २० देखि २२ गतेसम्म भएको पर्यटन मार्टमार्फत विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास लिइएको छ ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घसंस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा मार्ट आयोजना गरेको हो । मार्टमा ३० भन्दा बढी मुलुकबाट १०० भन्दा बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी सात सय प्रतिनिधिको सहभागिता थियो ।

मार्टको ठमेलस्थित एलओडी नाइट क्लबमा आयोजित एक कार्यक्रमकाबीच समापन गरिएको हो । मार्टमा सहभागी पाहुनाले विभिन्न साङ्गीतिक प्रस्तुतिका साथै डिजेको बेजोड प्रस्तुतिको आनन्द लिएका थिए । कार्यक्रममा मार्टमा सहभागी विदेशी प्रतिनिधिसहित पाटा नेपालका अध्यक्ष खेम लकाई, नेपाल वायुसेवा निगमका संथागत निर्देशक अनिल घिमिरे, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत, पर्यटन व्यवसायीलगायतको उपस्थिति थियो ।

मार्टमा ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयमा सम्मेलन तथा पर्यटनका विविभन्न विषयमा समूहगत छलफल गरिएको थियो । बोल्ने विज्ञहरूले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविकतायुक्त नेपालको अथाह पर्यटकीय सम्भावनाको उजागर गरी विश्वभरका पर्यटक आकर्षण गर्न समन्वय र सहकार्य जरूरी भएको खाँचो औँल्याए ।

मार्टका संयोजक एवं पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तरराष्ट्रिय स्रोत बजारहरूमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले पर्यटन मेला आयोजना गरिएको बताउनुभयो । सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हँुदै आएको एचटीएम नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।

सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ता र विचारकले आध्यात्मिक, साहसिक र लक्जरी पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गरेका थिए । यस्तै बिटुबी कार्यक्रमअन्तर्गत यस वर्ष एचटीएमले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ भन्दा बढी विक्रेता सहभागी भएको पाटा नेपालले जनाएको छ ।
—
Powered By Orson Infotech

Share Now

Post navigation

टेक एन्ड पे नीतिप्रति इप्पानको असन्तुष्टि ; रु ६६ अर्ब २२ करोड लगानी जोखिममा पर्ने दाबी
विदेशी मुद्राको विनिमयदर: आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम

ताजा समाचार

  • इजरायलमा भावि सरकारको स्वरुप अस्पष्ट, नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा
  • भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो
  • हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन
  • पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन ; पाउद्धार चारैतिरबाट पहिरोले घेरिएको छ
  • सुन र चाँदीको मूल्यमा गिरावट, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ

दृष्‍टिकोण

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छः संस्कृतिविद् डा गोविन्द टण्डन

नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसक्नुभएको छ । गुठी संस्थान […]

Prakash Adhikari October 20, 2026

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

Prakash Adhikari October 19, 2026

विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

Prakash Adhikari October 16, 2026

विश्व ‘अण्डा’ दिवस : अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

Prakash Adhikari October 10, 2026

रोजगारी

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]

Prakash Adhikari October 6, 2026

सुसारेका रूपमा काम गर्न पहिलो खेपमा ८ सय ३६ नेपाली कामदार इजरायल जाँदै

Prakash Adhikari July 17, 2026

श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन

Prakash Adhikari May 30, 2026

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

Prakash Adhikari January 8, 2026

Follow Us पेज लाइक गर्नुहोस

Tweets by AashaNews

विविध

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, १२ कात्तिकः  परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने बताउनुभएको छ […]

Prakash Adhikari October 29, 2026

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव

Prakash Adhikari October 28, 2026

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न नागरिक समाजको सुझाव

Prakash Adhikari October 28, 2026

बिहिवारदेखि शनिवारसम्म भारी वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

Prakash Adhikari October 26, 2026

English

Mt. Everest (Sagarmatha) Day being marked today in Nepal with various programmes

Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]

Prakash Adhikari May 29, 2026

Record 274 climbers scale Everest via Nepal in one day

Prakash Adhikari May 24, 2026

Kanchha Sherpa, a member of first successful Everest expedition, passes away

Prakash Adhikari October 16, 2025

‘diamond jubilee of Mt Annapurna first ascent: Marathon to be organized at Annapurna base camp

Prakash Adhikari May 26, 2025

Adventure half marathon to be held in Kanchenjunga base camp

Prakash Adhikari February 17, 2025

The Soaltee Hotels & Resorts Expands Its International Presence in Frankfurt, Germany

Prakash Adhikari January 9, 2025

Follow Us पेज लाइक गर्नुहोस

Aasha News

आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले
आशा मिडिया प्रा. लि. को स्थापना भएको हो ।

हाम्रो-टिम

  • संस्थापक अध्यक्ष : विश्वनाथ दाहाल
  • प्रधान सम्पादक : प्रकाश अधिकारी
  • कानुनी सल्लाहकार : विद्याकान्त अधिकारी

सम्पर्क ठेगाना

  • आशा मिडिया प्रा. लि. का लागि अध्यक्ष प्रकाश अधिकारी द्वारा प्रकाशित
  • +९७७ (०१) ४४२८१२८, ९८५११११२५३
  • info@aashanews.com
  • कामनपा – २६, सामाखुशी काठमाडौं ।

© २०१७, आशा मिडिया प्रा. लि. मा सुरक्षित. Regd No:712 -2074/75