Prakash Adhikari June 13, 2025

तेलअभिभ(इजरायल), ३० जेठ । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ भने इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ‘अपरेशन राइजिङ लाइअन’ नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरायलको ‘अस्तित्वको लागि’ खतरा भएको बताउनुभएको छ।

उहाँले ‘आवश्यकता रहेसम्म आक्रमण जारी राख्ने’ बताउँदै इजरायलको हमलाले ‘इरानको परमाण’ प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेको’ पनि बताउनुभयो।

इजरायलले जबाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ।

इरानको रिभोलुशनरी गार्डस्‌को मुख्यालयमा इजरायली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन्।

इजरायली हमलामा इरानको रिभोलुशनरी गार्डस्‌का प्रमुख होसेन सलामी मारिएको पनि इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ।

इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ।

इजरायली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा होशेन सलामी पनि एक हुन्। परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ।

के भन्यो इजरायली सेनाले?

इजरायली डिफेन्स फोर्सेज् (आईडिएफ)ले आफूले इ’रानले हमला गर्नुभन्दा अगावै, लक्षित एवं संयोजित’ आक्रमण गरेको बताएको छ।

इरानी सरकारी सञ्चार माध्यमले इजरायलले तेहरान तथा अन्य सहरहरूका आवासीय क्षेत्रहरूमा हमला गरेको जनाएको छ। इरानको सरकारी टिभीलाई उद्धृत गर्दै रोएटर्सले उक्त हमलामा बालबालिकाहरूको पनि ज्यान गएको जनाएको छ।

 

Share Now