Prakash Adhikari June 13, 2025

काठमाडौँ, ३० जेठ । तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँसहित ७ जनालाई समेत काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश ध्रुबराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७ जनालाई थुनामा पठाउन आदेश गरेको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरूमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ लाई थुनामा पठाउन आदेश गरेको छ ।

पूर्व राजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । दुर्गा प्रसाईँ र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो ।

आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

३२ जनालाई धरौटीमा रिहा गर्न आदेश

अदालतले तीनकुनेको प्रदर्शनमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले ७ जनालाई पुर्पक्ष र अन्यलाई धरौटीमा रिहा गर्न आदेश गर्नुभएको हो ।

दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुली १० हजार, पुष्कर खतिवडा २० हजार, मुनेन्द्र राजभण्डारी १० हजार, कुमार बस्नेत २० हजार, अनिल कुमार थापा १० हजार, तारानाथ बोहरा १० हजार, दान बहादुर न्यौपाने १० हजार र उमेश तामाङलाई १० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।

अदालतले भानुभक्त पौडेलसँग १० हजार, विष्णुजंग बस्नेतसँग १ लाख, देवी प्रसाद सङ्ग्रौलासँग १० हजार, प्रेम थापा मगरसँग १० हजार, ओम प्रकाश लुइँटेलसँग १० हजार, तेजेन्द्र रायमाझीसँग १० हजार, मनबहादुर कालासँग २० हजार, निराजन कुमार गिरीसँग ५० हजार र प्रेध बहादुर श्रेष्ठसँग ५० हजार धरौटी लिएर रिहा गर्न आदेश गरेको छ ।

रमेश राईलाई २० हजार, दिवश बोगटी क्षेत्रीलाई १० हजार, दिलकुमार श्रेष्ठलाई १० हजार, कमलकुमार विष्टलाई २० हजार, लोकबहादुर बस्नेतलाई २० हजार र दिनेश खड्कालाई ५० हजार धरौटीमा छाड्न आदेश गरिएको छ ।

त्यस्तै अमित शाह ५० हजार, सुमन कार्की १० हजार, जितबहादुर श्रेष्ठ ५० हजार र मनोज कुमार सापकोटासँग १० हजार धरौटी लिन आदेश गरिएको छ ।

Share Now