Prakash Adhikari June 13, 2025

काठमाडौं, ३० जेठ । नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडले केही समाचार पोर्टलहरुले बैंकको छविमा आँच आउने गरी प्रकाशित गरेको समाचारमा ध्यानाकृष्ट भएको जनाएको छ ।

नेपाल बैंकको आधिकारिक निकाय वा व्यक्तिहरुसंग कुनै सम्पर्क नै नगरिकन मनोगत रुपमा सो बैंकले आर्थिक बर्ष २०७४। ७५मा २० अर्ब ४० करोड १५ लाख रुपैया गायब पारेको भनेर केही न्युज पोर्टलहरुमा समाचार प्रकाशित भएको थियो ।

बैंकले सो समाचार झूटो, तथ्यहिन,कपोलकल्पित,भ्रामक र दुराशयपूर्ण भन्दै त्यसप्रति विश्वास नगर्न आग्रह गरेको छ ।

बैंकले आफूले नेपाल राष्ट्र बैंकले जारी गरेका सबै निर्देशनहरु पालना गरेको र आवधिक रिपोर्टहरु समयमा नै पेश गरेको तथा नियमित बार्षिक साधरण सभा गर्नुका साथै बार्षिक लेखापरीक्षण हुँदै आएको पनि जानकारी दिएको छ ।

 

Share Now