Prakash Adhikari June 16, 2025

काठमाडौं, २ आषाढ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज टी–२० आई सिरिजमा नेदरल्यान्ड्ससंग भिड्दै छ ।

स्कटल्याण्डको टिटवूडमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुने छ।

आईसीसी वल्र्ड क्रिकेट लिग २ अन्तरगत स्कटल्याण्डमा भएको त्रिकोणीय एक दिवसीय श्रृखलामा खेलेका दुवै खेलमा नेपालले नेदरल्याण्डलाई पराजित गरेका थियो ।

नेपाल सोही लय दोहोर्‍याउने तयारीमा छ । नेपाल र नेदरल्यान्ड्स हालसम्म टी–२० आईमा अहिलेसम्म १३ पल्ट आमनेसामने भएका छन्।

तीमध्ये ५ खेलमा नेपाल विजयी बनेको छ भने ७ खेल नेदरल्यान्ड्सले । एक खेल भने नतिजाविहीन भएको छ।

नेपाल र नेदरल्यान्ड्स अन्तिपल्ट आइसिसी टी–२० विश्वकपमा भिडेका थिए। अमेरिकाको डल्लासमा भएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

विश्वकपमा नेपाल जितविहीन रह्यो। नेदरल्यान्ड्सले पनि त्यही एक जित निकालेको थियो।

Share Now