ग्लास्गो(स्कटल्याण्ड), ५ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सले खेल्दैछन् ।
ग्लासगोमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ।
सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालको जित खोस्यो । तेस्रो सुपर ओभरमा नेपालले अनुभवी ब्याटर नराख्दा नतिजा नेदल्याड्सको पक्षमा गएको थियो ।
नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ।


















