Prakash Adhikari June 24, 2025

 

काठमाडौं, १० आषाढ । नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक क्षितिज अरुण श्रेष्ठको निधन भएको छ।

लामो समयदेखि उपचार गराइरहेका काठमाडौं ढल्कोका ५५ वर्षिय श्रेष्ठको पाटन अस्पतालमा उपचारको क्रममा आइतवार राति साढे ८ बजे निधन भएको हो। सोमबार पशुपति आर्यघाटमा उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ । उहाँका एक श्रीमती र एक छोरी हुनुहुन्छ।

लामो समय खेलकुद पत्रकारिता र फोटो पत्रकारिता गर्नुभएका श्रेष्ठले विभिन्न सञ्चार माध्यममा काम गर्नुभयो ।

नेपाल ओलम्पिक संग्रहालयका संस्थापक श्रेष्ठले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गर्दै खेलकुद सम्बन्धि पुस्तकहरु प्रकाशन गर्नुभएको थियो ।

नेपाल स्टिक स्पोर्ट्स संघका सचिव समेत रहनुभएका क्षितिज विजनेश डाटा नेपाल प्रालिका प्रबन्ध निर्देशक समेत हुनुहुन्थ्यो । उहाँले नेपालका विशिष्ट महिलाहरुको फोटो प्रदर्शनी समेत गर्नुभएको थियो ।

खेलकुद पत्रकार मञ्चले आफ्नो संस्थापकको निधन प्रति शोक व्यक्त गरेको छ। २०५२ सालमा स्थापना भएको मञ्चका ११ संस्थापक मध्ये श्रेष्ठ एक हुनुहुन्थ्यो ।

 

Share Now