Prakash Adhikari June 25, 2025

काठमाडौं, ११ आषाढ । नेशनल लाईफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष श्रीमती प्रेमाराज्यलक्ष्मी सिंहले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

बीमा ऐन २०७९ को दफा ४७ (६) मा बीमा कम्पनीका नवनिर्वाचित अध्यक्षहरुले प्राधिकरणका अध्यक्षबाट पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था छ ।

नेशनल लाईफ इन्स्योरेन्सको यही आषाढ ५ गते सम्पन्न ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पुर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्वसम्मतिवाट पुर्ननिर्वाचित हुनु भएको हो ।

शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणको अध्यक्ष ओझाले कम्पनीकी पुनर्निर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नुभयो ।
श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा श्री नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीज्यू र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति रहेको थियो ।

 

Share Now