काठमाडौं, ११ आषाढ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित आईभीएफ एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा आइतवार हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै गाइनोकोलोजी कन्सल्टेन्सी र आईभीएफ विशेषज्ञसंगको परामर्श सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र आईभीएफ एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष अजयजंग कुँवरले हस्ताक्षर गर्नुभयो ।


















