Prakash Adhikari June 25, 2025

काठमाडौँ, ११ आषाढ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुनुभएको छ ।

पतञ्जली जग्गा प्रकरणमा अख्तियारले उहाँसमेतलाई दोषी ठहर गरी काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेकोले उहाँ सो मुद्दाको प्रतिवादमा बयान दिन जानुभएको हो ।

उहाँ विशेष अदालतमा हाजिर भएसँगै न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको छ ।

विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा चलाएकोले पूर्वप्रधानमन्त्री नेपालको सांसद पद पनि निलम्बनमा रहेको छ ।

Share Now