Prakash Adhikari June 26, 2025

 

काठमाडौं, १२ आषाढ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र ललितनारायण राजवंशीले टी २० अन्तर्राष्ट्रिय वरीयतामा छलाङ मारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले जारी गरेको टी २०अन्तर्राष्ट्रियको पछिल्लो बलिङ वरियतामा सन्दीप ७५औं स्थानमा रहेका छन् ।

सन्दीपले ४१ स्थानमाथि उक्लिएर त्यो स्थान हासिल गरेका हुन् । टी २० अन्तर्राष्ट्रिय कै बलिङ वरियतामा २९ स्थान सुधार गर्दै अर्का नेपाली बलर ललितनारायण राजवंशी ५४औं स्थानमा पुगेका छन् ।

अर्का बलर दीपेन्द्रसिंह ऐरी १ स्थान तल झरेर ८१औं स्थानमा छन् । टी २० आईको ब्याटिङ वरियतामा १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थान आइपुगेका छन् ।

टी २० आईको अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा कायमै रहेका छन् । नेपाली टिमका कुशल भुर्तेल ६ स्थानमाथि उक्लिएर ३२औं तथा गलशन झा ६१औं स्थानमा छन् ।

Share Now