Prakash Adhikari July 2, 2025

 

तासकन्द(उज्वेकिस्तान), १८ आषाढ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपाललेश्रीलंका विरुद्धको खेलमा पहिलो हाफमा ४(० को अग्रता बनाएको छ।

खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक गरिन भने एक गोल गीता रानाले गोल गरिन् ।

उज्वेकिस्तानमा जारी खेलको सुरूवातमा नै नेपालले अग्रता बनायो। अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङको हेडरले सही दिशा लियो।

नेपालले खेलको २० औं मिनेटमा अग्रता दुगुना गर्यो। समिक्षा घिमिरेको क्रसमा श्रीलंकाकी गोलकिपर साकुरा सेबान्डीले पन्च गरेको बल अनिता बस्नेतले साम्बालाई दिईन्। साम्बाले बक्स भित्रबाट गोल गरिन्।

खेलको ३६ औं मिनेटमा कप्तान साम्बाले फ्रिकिकबाट सीधै गोल गरिन्। तर रेफ्रीले गोल दिएनन्। यसपछि ४२ औं मिनेटमा रश्मीकुमारी घिसिङको कट ब्याकमा बक्सभित्रबाट उत्कृष्ट भलि गोलमा परिणत भयो।
साबित्राको जोश यतिमा रोकिएन । उनले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अर्को गोल गरेर ह्याट्रिक पूरा गरिन्। सबिता राना मगरको क्रसमा साम्बाको हेडरले सही दिशा लियो। ६० औं खेलमा उनको यो ६४ औं गोल हो।
पहिलो हाफको २६ औं मिनेटमा प्रिती राईको लङ रेन्ज प्रहारलाई श्रीलंकाकी गोल किपरले साकुरा सेबान्डीले बचाइन्। यसपछि खेलको ३१ औं मिनेटमा साबिता राना मगरको क्रस क्रसबारमा लागेर फर्कियो।

पहिलो हाफ नेपालको पक्षमा ४(० को नतिजामा सकिएको छ। नेपालले पहिलो खेलमा लाओसलाई ९(० ले हराएको थियो। श्रीलंका पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०(० को फराकिलो अन्तरमा हारेको थियो। श्रीलंका विरूद्ध नेपाल अहिलेसम्म अपराजित छ। आठ पटक खेल्दा नेपालले श्रीलंकालाई आठै पटक हराएको इतिहास रहेको छ।

फिफा वरियतामा नेपाल १०० औं र श्रीलंका १५९ औं स्थानमा रहेका छन्।

Share Now