काठमाडौं, १९आषाढ । नेपालको शेयर बजारले यो सातो ऊर्धुन्मुख गतिमा विश्राम लिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचक ९ अंकले बढेर बन्द भएको छ ।
कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१४ अंकले बढ्दै २७ सय ३ को विन्दुमा पुगेर रोकिएको हो ।
यस दिन विभिन्न कम्पनीका ३ सय ११ स्क्रिप्टको २ करोड ४९ लाख ७६ हजार बढी कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख बढीको कारोबार हुन पुगेको छ ।
आज १ सय २५ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय २२ कम्पनीको सेयरमूल्य बढेको छ । आज कारोबारका आएका कम्पनीहरुमध्ये ट्रेडिड., लघुवित्त, होटल, जलविद्युत, लगानी ५ समुहको परिसुचक ओरालो लागेको छ भने उत्पादन तथा प्रशोधन, निर्जीवन र जीवन बीमा, बैकिड., विकास बैंक, वित्त, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक उकालो लागेको छ ।
यस दिन बढेको बजारमा शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढी बढ्ने कम्पनीहरुमा नेपाल फाइनान्स,खानी खोला हाइड्रो,समृद्धि फाइनान्स,भूगोल इनर्जी,ग्रीन डेभलपमेन्ट बैंक, एनआईएमबी स्टेबल फण्ड,सिन्धु विकास बैंक,शिखर इन्स्योरेन्स र सुपर मादी हाइड्रो पावर कम्पनी रहेका छन् ।
यस दिन अघिल्लो दिनको कारोबार मूल्यको तुलनामा अधिक मूल्य घटेका कम्पनीहरुमा सप्तकोशी विकास बैंक,गुराँस लघुवित्त,धौलागिरी लघुवित्त,पाँचथर पावर,पञ्चकन्या माई,युनियन हाइड्रो, विन्धबासिनी हाइड्रो,मानुषी लघुवित्त,तेह्रथुम पावर र दोर्दी हाइड्रोपावर रहेका छन् ।
कारोबारको आधारमा यस दिन कारोबारको आधारमा यस दिन बुटबल पावर कम्पनी,साहस ऊर्जा, सप्तकोशी विकास बैंक,राँधी जलविद्युत,एनआरएन,न्यादी ग्रुप पावर लिमिटेड, सानिमा माई हाइड्रो,शिवश्री हाइड्रो,बरुण हाइड्रो र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।


















