Prakash Adhikari July 4, 2025

क्वाललम्पुर(मलेसिया), २० आषाढ । अखिल नेपाल फुट बल संघ(एन्फा) महिला लिगको च्याम्पियन  एपीएफ क्लब एशियन फुटबल कन्फिडरेशन(एएफसी) महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा आज भएको ड्रमा नेपाल समूह बीमा परेको हो ।

एपीएफ रहेको समूहमा साउदी अरेबियाको अल नासर, आयोजक उज्वेकिस्तानको पीएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स छन्।

समूह चरणका १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ ।

पाँच समूह मध्य ४ समूहमा ४ ।४ टोली र एउटा समूहमा ३ टोली छन्। हरेक समूह विजेताको विजेताले एएफसी महिला क्लब पहिल्यै छनोट भइसकेका ७ टोलीसहित १२ टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।

अष्ट्रेलियाको मेलबर्न सिटी एफसी, कोरियाको सुवोन एफसी, जापानको टोक्यो वेर्डी बेलेजा, साविक विजेता चीनको वुहान जियाङडा एफसी, भियतनामको हो चि मिन सिटी एफसी, इरानको बाम खातुन एफसी छन् । संयुक्त अरब इमिरेट्सबाट छनोट हुन बाँकी छ।

एसियन फुटबल कन्फेडरेसनले समूह चरणका खेलहरु अगस्ट २३ देखि ३१ सम्म उज्वेकिस्तानमा सञ्चालन हुने जनाएको छ।

 

 

 

Share Now