काठमाडौं, १७ साउन । नेपालका प्रख्यात पर्यटन व्यवसायी तथा एशियन ट्रेकिड. ग्रुपका संस्थापक,नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा नेपालका लागि बेल्जियमका अवैतनिक महावाणिज्यदूत आड. छिरिड. शेर्पा नोपालमा रहेका ४५ देशका अवैतनिक महावाणिज्य दूतहरुको साझा संस्था अनरेरी काउन्सिलर कर्पको डीनमा चयन हुनुभएको छ ।
हालै राजधानीमा सम्पन्न संस्थाको साधारण सभाबाट उहाँ सर्वसम्मतिले डीनमा चयन हुनुभएको हो ।
साधारण सभाले कार्य समिति पनि सर्वसम्मतिले चयन गरेको छ ।
नयाँ कार्य समितिको डीनमा आङ छिरिङ्ग शेर्पा निवर्तमान डीन राजेन्द्र खेतान , भाईस डीन किरण बैद्य रहनुभएको छ भने सदस्यहरुमा श्रीराम लामिछाने , चन्द्र ढकाल रहनुभएको छ । कार्यसमितिको सल्लाहकारमा श्रीमती प्रतिमा पाण्डे , बिनयमान श्रेष्ठ र हरी धरेल रहनुभएको छ ।