तासकन्द(उज्वेकिस्तान), २१ आषाढ । एएफसी महिला एसियन छनौटको पहिलो हाफमा नेपालले एक गोल गरेको छ भने उज्वेकिस्तानले तीन गोल गरेको छ।
उज्वेकिस्तानको जितमा खाबीबुलेएभा र मातफुना सोयीमोभाले एकएक गोल गर्दा नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोल भएको थियो। नेपालको लागि साबित्रा भण्डारी (साम्बा)ले एक गोल गरिन्।
खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। फेरुजा टुर्डिबोएभाको सटलाई डिफेन्डर गीता रानाले हेडर मार्फत ब्लक गरेपनि अनमार्क रहेकी खाबीबुलेएभाले बक्सभित्रबाट पहिलो बारमा बल लगिन, नेपालकी गोलकिपर अन्जना राना मगरले कुनै मौका नै पाइनन्।
पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले १२ औं मिनेटमा दोस्रो गोल बेहोर्यो। उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो।
खेलको २४ औं मिनेटमा नेपालले एक गोल फर्कायो। कप्तान साम्बाले गोल गरिन्। अन्जनाको लामो गोल किकमा उज्वेकिस्तानकी किपर मातफुना बक्सबाहिर आएर हेड गर्दै बल कलीयर गर्न खोजिन्। बल क्लीयर भएन्। रश्मी कुमारी घिसिङले हेडर पास दिएको बललाई साम्बाले करिब २५ यार्डबाट हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो। उनको यो ६१औं खेलमा ६५ औं गोल हो। नेपालले खेललाई २(१ मा पुर्यायो।
तर खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएफछि उज्वेकिस्तानले पेनाल्टीको अबसर पायो। मातफुना सोयीमोभाले गोल गरिन्। उज्वेकिस्तानले ३(१ को अग्रता बनायो।
पहिलो हाफको इन्जुरी समयमा साममबालाई फाउल हानेकी नोजिमाखोन इर्गासेबा दोहोरो पहेंको कार्ड पाउँदै मैदान बाहिरिन्। उज्वेकिस्तान १० जनामा समेटियो।
आजको खेलमा नेपालले एञ्जिला तुम्बापो,अनिता केसी,रेखा पौडेल,प्रिती राई, विमला विक,विमला ,मनमाया प्रतीक्षा,उषा र सरुलाई वैकल्पिक खेलाडीको रुपमा राखेको छ ।


















