Prakash Adhikari August 2, 2018

 

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १६ साउन । नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको अधिनायकवादी, जनबिरोधी र असंवैधानिक कृयकलापको बिरूद्धमा न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतको कार्यालयमा पुगेर बाणिज्यदूत पुष्पकुमार भट्टराई मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको बिरोध स्वरूप ज्ञापन(पत्र बुझाइएको छ।

नेपाली जनसम्पर्क समितिका सभापति एवं नेकाका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको धनाकर्षण गराउन उक्त बिरोध पत्र बुझाएको हो।

उक्त ज्ञापन पत्रमा सरकारद्धारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको नियन्त्रण र न्यायालयमाथि भएको हस्तक्षेप, प्रशासन र विश्वविद्यालय लगायत शैक्षिक क्षेत्रमा गरेको अन्यायपूर्ण हस्तक्षेप, अनियन्त्रित बजार मूल्यबृद्धि तथा विभिन्न संवैधानिक निकायमा भएको सरकारी हस्तक्षेप, लगायत संविधानको मर्म र भावनालाई मिचेर गरिएका निर्णय र व्यवहारको घोर निन्दा र बिरोध गरिएको छ ।

संस्थाका केन्द्रीय सचिव भोजराज थोकर, केन्द्रीय सदस्य सुवास लामा, न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना, उपसभापति अमर तामांग, सदस्य उमेश थापा, शिव वानीयाँ, संस्थाका सल्लाहकार आंगदावा शेर्पा, महिलासंघका केन्दीय सदस्य राजन बिश्वकर्मा लगायतका प्रतिनिधि न्यूयोर्क पुगेर ज्ञापन पत्र दिएका थिए ।

Share Now

Leave a comment.