आम्स्टीलभिल क्रिकेट मैदान(आमस्र्टरडम,नेदरल्याण्ड्स), १८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय राष्ट्र मान्यता पाएपछि आफ्नो पहिलो यूरोप भ्रमणको क्रममा नेदरल्याण्ड्ससंग आज दिउँसो दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।
पहिलो देलामा बलिड.मा राम्रो प्रदर्शन गरेको नेपाली टोलीले ब्याटिड.मा त्यस्तै प्रदर्शन ५५ रनको पराजय ब्यहोर्नुपरेको थियो । अन्यथा ५० ओभरको एक दिवसीय खेलमा १९० रनको लक्ष्य कुनै ठूलो कुरा थिएन । शतक र अर्ध शतक कटाउन सक्ने जम्मा चार खेलाडीको योगदानले हासिल हुने लक्ष्य थियो । नेपाली टीमका कप्तान पारस खड्का आफैले डिभिजन २ को छनोट चरणको खेलमा शतक कटाएको रेकर्ड छ ।

पहिलो खेलको दोस्रो इनिड.मा परेका ब्याटिड.मा भाग्यले साथ नदिएर नतिजा नेदरल्याण्ड्सको पक्षमा गएपनि नेपाली राष्ट्रिय टोलीको लागि आज अघिल्लो हारको क्षतिलाई पूर्ति गर्दै आफ्नो क्षमता सावित गर्ने अर्को अबसर आएको छ ।
पहिलो खेलमा नेपालका अलराउण्डर कप्तान पारस एक्लैले ४ विकेट लिए । सोमपाल कामीले पनि ३ विकेट लिएर आफ्नो क्षमता प्रदर्शन गरेका हुन् । तर विकेट किपर भनेर प्रशंसित सन्दीप लामिछाने, करन केसी, बसन्त रेग्मीबाट बढीको अपेक्षा थियो ।
ब्याटिड.मा नेपालको सुरुवात निकै राम्रो थियो । एकदिवसिय डेब्यु खेलमा नै अर्धशतक प्रहार गरेका ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि अनिल शाहसँग ५८ रनको साझेदारी गरेका थिए । तर अनिल २१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।
त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले पनि ज्ञानेन्द्र मल्लसँग राम्रो साझेदारी गर्न खोजेपनि ब्यक्तिगत १२ रनमा आउट हुदा नेपालले दोस्रो विकेट गुमायो । तर नेपालको ८७ रन हुदा ओपनर तथा डेब्यु खेलमा ५१ रन बनाएका ज्ञानेन्द्र आउट हुदा नेपालले ८७ रनमा अर्को विकेट गुमायो ।
कप्तान पारस खड्का गुमाएपछि नेपाली टोलीलाई मनोबैज्ञानिक दवाव परेको देखिन्छ । जसका कारण आरिफ शेख, बसन्त रेग्मी, सोमपाल कामी खाता खोल्न नपाउदै मैदानबाट बाहिरिए । फिल्डिगका क्रममा औलामा चोट बोकेका शरद आफ्नो पोजिसनमा ब्याटिगमा नआएपछि नेपाललाई झन दबाव पर्यो । त्यसपद्धि नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाउनु बाहेका अरुको उपस्थिति खाता खोल्नुमा सीमित भयो ।
क्रिकेट संभावनाको खेल हो । मैदानमा रहेको हरेक खेलाडीमा विकेट झार्ने र चौका छक्का हान्ने सामाथ्र्य रहन्छ । कुनै एक खेलाडी बाहिरिदैमा सिंगो टीम आत्तिनु हुँदैन । प्रशिक्षकले कुन खेलाडीलाई कतिखेर मैदानमा उतार्दा आफ्नो टीमको हौसला बढाउदै प्रतिस्पर्धीलाई पराजित गर्न सकिन्छ भन्ने हेक्का राख्नु पर्दछ ।
मंगलबारको प्रदर्शनले नेदरल्याण्ड्सको टीमको सबल र दुर्बल पक्ष नेपाली टीमले बुझेको छ । आफ्ना कमजोरीलाई सच्च्याउदै विपक्षीको कमजारीमाथि प्रहार गर्नुनै विजयको सूत्र हो ।
नेपाली टीमले पहिलो खेलमा औलामा चोट लागेका शरद भेषवाकरलाई आजको खेलमा विश्राम दिएपछि खेलाडीको मनोबल घट्न दिने छैन भन्ने अपेक्षा गर्न सकिन्छ । शक्ति गौचन र शरदको प्रतिस्थापनमा आउने रोहितकुमार पौडेल र सुवास खकुरेलले नेपाली टीमको प्रस्तुति अझ सार्थक बनाउने अपेक्षा गर्न सकिन्छ ।
संसारका क्रिकेटका राष्ट्रिय टीमका महारथीसंग खेल्न पाउने हैसियता पुगेको नेपाली राष्ट्रिय टीमका खेलाडी पनि कोही भन्दा कम छैनन् । सबै खेलाडी मान्छे नै हुन् । देवताको त कमजोरी हुन्छ भने मान्छेको कमजोरी हुनु सामान्य हो । कमजोरीलाई सच्याउने हो भने विजय असंभव छैन ।
बेलायतमा भएको अभ्यास खेलमा मेरिलोवन र इस्ट इंग्ल्याण्ड शार्कको टीमलाई नेपाली टोलीले विशाल रन अन्तरले पराजित गरेको छैन् । मैदानमा दुई खेलाडी रहेसम्म ब्याटिड.मा उच्च मनोबलका साथ डट्ने हो भने विजय सधै साथमा रहनेछ, छिमेकीहरुले भनेकै छन् , डरके आगे जित है ।
आजको खेलको विजयले पहिलो अन्तर्राष्ट्रिय श्रृखंलामा जित निकालेर आईसीसीको बरियतामा आफ्नो स्थान माथि राख्ने मार्ग पनि प्रशस्त हुनेछ ।



















