Prakash Adhikari November 6, 2017

टेक्सास(संयुक्त राज्य अमेरिका), २० कार्तिक । अमेरिकाको टेक्सस राज्यस्थित सदरल्याण्ड स्प्रिङ्ग्स नगरको एउटा बाप्टिस्ट गिर्जाघरमा गोली चल्दा २६ जना मारिएका छन्।

अधिकारीहरुका अनुसार आइतवार बिहानको प्रार्थना चलिरहँदा एकजना बन्दुकधारीले गोली चलाएका थिए।

घटनामा करिब २५ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

सदरल्याण्ड स्प्रिङ्ग्सका एकजना अधिकारीले बन्दुकधारी पनि मारिएको स्थानीय सञ्चारमाध्यमलाई बताए।

उपस्थिति

यद्यपि उनी कसरी मारिए भन्ने कुरा स्पष्ट भइसकेको छैन।

मृत्यु हुनेमा गिर्जाघरका ‘पास्टर’की छोरी पनि रहेको बताइएको छ।

सान एन्टोनियो शहरदेखि करिब ५० किलोमिटर दक्षिण-पूर्वमा रहेको सानो नगर सदरल्याण्ड स्प्रिङ्ग्समा उक्त घटनापछि प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो।

गिर्जाघरतस्वीर

सो नगरमा करिब चार सय मानिसहरु बस्दै आएका छन्।

घटनास्थलमा थुप्रै एम्बुलेन्स र दमकलहरु देखिएका थिए।

गत अक्टोबरमा लास भेगसमा ५८ जनाको ज्यान जाने गरी गराइएको गोलीकाण्डपछि पछिल्लो घटना भएको छ।

Share Now

Leave a comment.