Prakash Adhikari July 27, 2025

काठमाडौं, ११ साउन । सीजी मोटर्सले गिली अटो ग्रुपसंगको साझेदारीमा रिडारा आरडी सिक्स टूह्विल ड्राइभ विद्युतीय पिकअप गाडी सार्वजनिक गरेको छ ।

यो गाडी खरिदमा शुरु भुक्तानी रकम रु ९.९९ लाख कायम गरिएको छ ।

६३ किलोवाट आवरको ब्याट्रीले सुसज्जित यो गाडीले २०० किलोवाट शक्ति उपलब्ध गराउँछ र ३ सय ७७ किमीको दूरीसम्म माइलेज दिन्छ । यो आरडी सिक्स गाडी नेपालको विविधतायुक्त धरातललाई सुहाउने गरी डिजाइन गरिएको छ ।

गिलीको उन्नत म्याप प्लाटफर्ममा निर्माण गरिएको यो गाडीमा १२०० लिटर कार्गोे बेड, ७० लिटर फ्रन्ट ट्रंक सवारी र भारी क्षमता छ भने ३६० डिग्री क्यामरा र म्याट्रिक्स लेड हेडलाइट सहितको उन्नत सुरक्षा प्रणाली छ ।

यो गाडी खरिदमा क्यास ब्याक, निशुल्क उपकरणहरु र ३ लाख रुपैयासम्मको सट्टापट्टा बोनस पाउनेछन् । यसका अतिरिक्त सीजी मोटर्सले देशभरिको २ सय ६० भन्दाबढी चार्जिड. स्टेशन र २० भन्दाबढी सेवा केन्द्रहरुको सेवा पनि पाउने छन् । आरडी सिक्स स्मार्ट,दीगो र व्यक्तिगत तथा व्यवसायिक उपभोक्ताका लागि भविष्यको तयारी चयन हो ।

Share Now