काठमाडौं, २० साउन । नगरपालिका क्षेत्रमा उत्पन्न हुने मानव मल र मूत्र जन्य फोहर व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम राजधानीमा आइतबार सम्पन्न भएको छ ।
खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संगठन जनस्वास्थ्य इञ्जिनियर समाज( सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स,सोफेन) र वातावरण तथा जनस्वास्थ्य संस्था(इन्भाइरोमेन्ट एण्ड पब्लिक हेल्थ अर्गनाईजेशन, एन्फो) र ५०० बी सोलुसन प्राा. लिको संयुक्त आयोजनामा सो तालिम सम्पन्न भएको हो ।
तालिममा प्रदेश नं २ का १७, ३ का दुई र गण्डकी प्रदेशका एक नगरपालिकाका इञ्जिनियरहरुको सहभागिता रहेको जानकारी सोफेनका अध्यक्ष रामदीप साहले दिनुभएको छ ।
नेपाल इञ्जिनियर्स एशोसिएसन तथा सोफेनका पूर्व अध्यक्ष किशोर शाक्यले मानव मलमूत्रको व्यवस्थापन राजधानी सहित नेपालका सबै नगरहरुमा ठूलो चुनौतिको रुपमा रहेका उल्लेख गर्नुभयो । उहाँले जनस्वास्थ्यको क्षेत्रका काम गर्ने इञ्जिनियरहरुले यसका व्यवस्थापनका बारमा समयमा राम्रो जानकारी पाएमा नगरमा बन्ने शौचालय, ढल,ढल प्रशोधन केन्द्र र त्यसबाट निसृत हुने पानी तथा मलको सही व्यवस्थापन गरी नगरलाई स्वच्छ राख्न सघाउ पुर्याउन सक्ने बताउनुभयो ।
कार्यक्रमको समापन समारोहमा उपस्थित हुनुभएका नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष ई हरेराम श्रेष्ठले मानव मल मूत्रको व्यवस्थापन नगरको सफाई,पानीका श्रोत र नदी नालाहरुको स्वच्छता र मानव सभ्यतासंग पनि जोडिएको विषय भएकोले यस क्षेत्रमा काम गर्ने इञ्जिनियरहरुले जनताको स्वास्थ्य सहित सबै विषयलाई ध्यानमा राखेर योजना तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
तालिम कार्यक्रममा सोफेनका अध्यक्ष ई. रामदीप साहले जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इन्जिनियरहरुको संस्था भएकोले सोफेनले खानेपानी, वातावरण र सरसफाईको क्षेत्रमा देश व्यापी अभियान चलाएको बताउनुभयो । उहाँले मानव मलमूत्र व्यवस्थापनको समस्या देशभर देखिएकोले पहिलो चरणमा नगरपालिकाका नेतृत्वलाई यसको गम्भीरताका बारेमा जानकारी दिने गोष्ठी गरिएको र दोस्रो चरणमा यो क्षेत्रमा कार्यरत प्राविधिक इञ्जिनियरहरुलाई यसको सुव्यवस्थापनका बारेमा जानकारी दिन यस्तो तालिम आयोजना गरिएको बताउनुभयो ।
तीन दिनसम्म चलेको सो तालिममा इन्फोका इञ्जिनियर विपिन डंगोल, ई. राजेन्द्र श्रेष्ठ,ई. कृष्ण याड.दो, शहरी खानेपानी तथा सरसफाई आयोजनाका ई.हरिप्रसाद शर्मा,ई.संजय अधिकारी,र्इंं.रितुराज भण्डारी,ई.राममणि शर्मा रई.सुदर्शन भण्डारी,ई. मिड.मा शेर्पा र ई. किरण दर्नालले स्रोत व्यक्तिको रुपमा तालिम दिनुभएको थियो । तालिमका क्रममा उपत्यकाका ढल प्रशोधन केन्द्रको स्थलगत अवलोकन भ्रमण पनि गराइएको थियो ।
तालिमको अन्त्यमा सहभागी इञ्जिनियरहरुलाई प्रमाणपत्र पनि दिइएको थियो ।