Prakash Adhikari August 6, 2018

दाङ, २० साउन । ग्वार खोलाको बाढीले बगाएको बसका सबै यात्रुको कुशलतापूर्वक उद्धार भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव प्रकाश सापकोटाका अनुसार बसमा १७ जना यात्रु र चालक दलका दुई सदस्य सहित १९ जना रहेका थिए। बसमा सबार सबैको उद्धार भएको छ ।

बगेको बसका सबै यात्रु घाइते छन् । त्यससध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा सुर्खेत दशरथपुर गाउँपालिका २२ वर्षीय दिपक दर्लामी, उनकी पत्नी २२ वर्षीया कृष्णा पौडेल (गर्भवती((, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १५ डुरूवा गाउँ निवासी २२ वर्षीया पवित्रा पौडेल, तुलसीपुर उपमहानगरपालिका वडा नं। २ निवासी ३८ बर्षीया होमा देवकोटा र उनका पति ४० बर्षीय द्रोर्ण देवकोटा रहेका छन् ।

गम्भीर घाईते ५ जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ

घटनास्थलमै रहेकी दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले आँखै अगाडि घोराहीबाट आउँदै गरेको गाडी ग्वारखोलाले बगाएको र ‘तत्कालै उद्धार कार्य हुँदा एउटा ठूलो दुर्घटना टरेको बताइन ।

गाडीका चालक कैलाली धनगढी उपमहानगरपालिका ३ का ५१ वर्षीय पूर्णानन्द भण्डारीले गाडीको अगाडिको टायरमा केही बस्तु आएर ठोक्किएपछि गाडी असन्तुलित भएर बगेको बताएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को ग्वारखोलाको बाढी हेर्न आएका स्थानीय १९ वर्षीय युवा मिनबहादुर ओलीसहितका स्थानीय र प्रहरीले एकसाथ खोलामा प्रवेश गरी उद्धारमा जुटेकोले गाडीमा रहेका सबैको सकुशल उद्धार संभव भएको हो ।

Share Now

Leave a comment.