Prakash Adhikari August 7, 2018

नयाँ दिल्ली(भारत), २२ साउन । नेपालीको १९ बर्षमुनिको उमेर समूह यु १९ राष्ट्रिय टोलीले भारतमा हुने चतुष्कोणीय यू–१९ एकदिवसीय क्रिकेट श्रृखला खेल्ने अवसर पाएको छ।

भारतीय क्रिकेट नियमन बोर्ड(बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपाल, अफगानिस्तान र भारतका दुई यू–१९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । खेल कोलकाताको इडेन गार्डेन र जावेदपुर विश्वविद्यालयको खेल मैदानमा हुनेछ । खेलमा आयोजक बीसीसीआईको एकेडेमी टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोलीेको पनि सहभागिता रहनेछ ।

युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो श्रृखलामा बीसीसीआईले गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो । गत बर्षको नोभेम्बरमा मलेशियामा भएको एशिया कपमा भारतलार्ई हराएको नेपाली टोलीलाई यस पटक बीसीसीआईले मौका दिइएको छ।

भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन्।

यस्तै यो श्रृखलालाई यू१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ।

आगामी अक्टोबरमा बंगलादेशमा एसिया कप हुँदैछ ।
खेलमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।

भारतले यो श्रृखलाको खेल तालिका समेत सार्वजनिक गरेको छ।

खेलमामा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् ।
शीर्ष दुई टोलीले उपाधिे र दास्रोको लागि खेल्ने छन् भने तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।

चार टोली सम्मिलित एकदिवसीय शृंखला

सेप्टेम्बर १२( भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स
सेप्टेम्बर १२( एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १४(भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स
सेप्टेम्बर १४( एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू
सेप्टेम्बर १६( भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स
सेप्टेम्बर १६( अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १८(टिम १ विरुद्ध टिम २
सेप्टेम्बर १८( टिम ३ विरुद्ध टिम
नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ।

भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी ९एनसीए० यू–१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो।

युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो।

भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यो सिरिजलाई आगामी विश्वकपको तयारीका रूपमा हेरेका छन्। नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।

यस्तै सिरिजलाई यू(१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।

क्रिकट्राकर डटकमका अनुसार भारतले यो सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ।

सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।

चार टोली सम्मिलित एकदिवसीय शृंखला

 

सेप्टेम्बर १२- भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स
सेप्टेम्बर १२- एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १४-भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स
सेप्टेम्बर १४- एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू
सेप्टेम्बर १६- भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स
सेप्टेम्बर १६- अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू
सेप्टेम्बर १८-टिम १ विरुद्ध टिम २
सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम

Share Now

Leave a comment.