Prakash Adhikari August 16, 2025

फुड.लिड.(ताप्लेजुड.), ३१ साउन । सिराहाको सलहेस युवा क्लबले तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि हात पारेको छ।

फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको मैदानमा शनिबार सम्पन्न फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–० गोलले पराजित गर्दै सलहेशले उपाधि उचालेको हो।

विजेता बनेसँगै सलहेसले उपाधिसहित ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेतामा सीमीत बनेको चर्च ब्वाइजले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गरेको छ।

सलहेशको जितमा सुनील खड्का र युसुभ मल्लिकले गोल गरे। दोस्रो हाफमा सुनीलले सुरुआती गोल गरेका थिए। खेलको अन्तिम समयमा मल्लिकले अर्को गोल गरेर जित निश्चित गरे।

Share Now