Prakash Adhikari August 19, 2025

डार्बिन(अष्ट्रेलिया), ३ भाद्र । टप एन्ड टी २० प्रतियोगितामा प्रतिस्पर्धा गर्न अष्ट्रेलियाको डार्बिनमा आएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो चौथो खेल होबर्ट हुरिकेन्ससंग खेल्दै छ ।

नेपालले आजको खेल र आगामी खेल जितेमा विश्व रंगमञ्चमा नाक ठ्याउने हैसियत कायम राख्ने छ । यस अगाडिका तीन खेलमा पराजित भए पनि यो सहित आगामी दुई खेल जितेमा जित र हार बराबरी हुने छ । नेपालले हालसम्म प्रतिस्पर्धा गरेका टिमहरु राष्ट्रिय टिमहरु होइनन् । अष्ट्रेलियाका टिमहरु स्थानीय टिम हुन भने बंगलादेश र पाकिस्तानका टिमहरु राष्ट्रिय टिम पछिका ए टिमहरु हुन् ।

भारतमा भर्खर बन्द प्रशिक्षण सकेर आएको नेपाली राष्ट्रिय टिमले त्यहाँ उधुम मच्चाउने अपेक्षा गरिएको थियो । तर नेपालले हालसम्म खेलेका तीन वटा खेलमा अपेक्षित नतिजा दिन सकेन । नेपालको राष्ट्रिय टिम स्थानीय टिम नर्थ टेरिटरी स्ट्राइक, बंगलादेशको टीम ए तथा मेलबर्न स्टाइकरसंग पराजित हुन पुग्यो ।

नेपाल हिजो (२ भाद्र) सम्पन्न मेलबर्न स्टार्ससंगको खेलमा ३१ रनले पराजित भएको थिाये । जितको लागि १ सय ७६ रनको चुनौती पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रनमा समेटियो।

त्यस्तै साउन ३१ गते भएको खेलमा नेपाली राष्ट्रिय टोली बंगलादेश ‘ए’ सँग २९ रनले पराजित भएको थियो।

बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रनमा समेटियो ।

त्यस्तै ३० साउन अष्ट्रेलियाको भूमिका पहिलो पटक प्रतिस्पर्धा गरेको नेपाली टिम स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो ।

अष्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ भएको खेलमा स्थानीय नर्दन टेरिटोरी स्ट्राइकले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रनमा समेटियो ।

नेपालले अझै मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्न बाँकी छ ।

कप्तान रोहितकुमार पौडेल नेतृत्वमा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम सम्मिलिन नेपाली राष्ट्रिय टिम अहिले टप एण्ड टी २० खेल्न अष्ट्रेलिया भ्रमणमा छ । नेपालका नामी बलर ललितसिंह राजवंशीकी आमाको निधन भएकोले उनको ठाउँमा साहब आलमलाई चयन गरिएको हो ।

 

Share Now