काठमाडौं, २३ भाद्र । एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ राईलाई दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समिति बैठकले खालिङलाई यही असोज ८ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि पुनः सीईओ नियुक्त गरेको हो।
भारतीय पञ्जाब नेशनल बैंकको संयुक्त साझेदार बैंक एभरेष्टमा खालिङ पहिलो नेपाली सीईओ हुनुहुन्छ।
खालिङसँग बैंकिङ क्षेत्रमा साढे तीन दशभन्दा बढी काम गरेको अनुभव छ ।


















