काठमाडौं, २७ भाद्र । आज नेपाली सेनाले काठमाडौंं उपत्यकामा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ भने साँझ ७ बजेदेखि २८ गते ६ बजेसम्म करफ्यू आदेश जारी गरेको छ ।
नेपाली सेनाले बिहिबार राति अबेर पठाएको संक्षिप्त सन्देशमा भनिएको छ, “काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाहरुमा मिति २०८२ भाद्र २७ गते विहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा तथा २७ गते साँझ ७ बजेदेखि २८ गते विहान ६ बजेसम्म कर्फ्यू जारी गरिएको छ ।”
उसले अगाडि थपेको छ, “…अत्यावश्यक सेवाका सवारी तथा संघ संस्थाहरु भने सञ्चालन गर्न सकिनेछ । जनजिवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २७ गते विहान ६ बजेदेखि ११ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएतापनि स(सानो समुहमा मात्र कार्य गर्न आग्रह गर्दछौं(नेपाली सेना) ।”


















