Prakash Adhikari September 12, 2025

 

क्यानबेरा(अष्ट्रेलिया), २७ भाद्र । नेपाली जनसम्पर्क अष्ट्रेलियाले नेपाली नागरिकको प्रत्यक्ष सहभागितामा संविधानसभाबाट निर्मित वर्तमान संविधानका संरक्षक राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबाटै राष्ट्रिय सहमतिको आधारमा राजनीतिक निकास दिनुहुने विश्वास गरेको छ ।

समितिका सभापति सुरेशरनसिंह गुरुड.ले आज एक विज्ञप्ति प्रकाशित गर्दै सो विश्वास व्यक्त गर्नुभएको हो ।
सभापति गुरुड.ले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, जेनजीका भाइबहिनीहरुले उठाएका जायज मागहरुलाई सम्बोधन हुने गरी वर्तमान संविधानको दायराभित्र रही सम्मानीय राष्ट्रपतिज्यू जो संविधानका संरक्षकसमेत हुनुहुन्छ , उहाँले राष्ट्रलाई राष्ट्रिय सहमतिका आधारमा सकारात्मक निकास दिने विश्वास हामीले गरेका छौ ।

उहाँले नेपाली सेना संविधानको परिधिभित्र रहेर काम गर्ने पनि विश्वास गर्नुभएको छ ।

जनसम्पर्क समिति अष्ट्रेलियाले राष्ट्र,राष्ट्रियता र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले स्थापनाकालदेखि काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि संविधानको रक्षा,बहुदलीय व्यवस्थाको सुदृढीकरण, संसदीय व्यवस्था र कानूनी शासनको सुदृढीकरणका विषयमा कुनै संझौता नगर्ने विश्वास लिएको छ ।

जनसम्पर्क अष्ट्रेलियाका सभापति गुरुड.ले जेनजीले भ्रष्टाचारविरुद्ध र वाकस्वतन्त्रताको पक्षमा सञ्चालन गरेको आन्दोलनमा घुसपैठ गरेर प्रतिक्रियावादी समूहले गरेको नांगो प्रदर्शन, नेपाली कांग्रेसका सभापतिसहित नेतामाथि भएको आक्रमण,सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रिय बाणिज्य बैंक, लगायतका सार्वजनिक सम्पत्तिमा गरिएको आगजनी र अराजकता जस्ता गतिविधिको भत्र्सना पनि गर्नुभएको छ ।

जनसम्पर्क समिति अष्ट्रेलियाले संविधानमाथि प्रहार हुनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै संविधान र लोकतन्त्रका पक्षमा स्वदेश र विदेश सबैतिरबाट सामाजिक सञ्जालमार्फत आवाज उठाउन सबै लोकतन्त्रवादीलाई आग्रह पनि गरेको छ।

 

Share Now