Prakash Adhikari September 12, 2025

 

तेलअभिभ(इजरायल), २७ भाद्र । नेपाली जनसम्पर्क समिति इजरायलले एक विज्ञप्ति प्रकाशित गरी जेनजीका किशोर किशोरीले सुरु गरेको प्रदर्शनमा घुसपैठ गरेका प्रतिगामीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा. आरजू राणामाथि गरिएको सांघातिक हमला तथा सरकारी निजी सम्पत्तिमा आगजनी र तोडफोडको निन्दा गरेको छ ।

समितिका प्रवक्ता राजेन्द्र उप्रेतीले २६ भाद्र, बिहिबार तदअनुसार ११ सेप्टेम्बर २०२५ मा जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, आन्दोलनका क्रममा देशको राष्ट्रिय सम्पत्ति तथा ऐतिहासिक धरोधर सर्वोच्च अदालत,सिंहदरबार,,संसद भवन, राष्ट्रिय वाणिज्य बैंक,विभिन्न सम्पदा, निजी निवास,पार्टी कार्यालयहरु,सुरक्षा निकायका कार्यालयहरु,काराबास लगायत महत्वपूर्ण सम्पत्तिको तोडफोड,आगजनी र लुटपाट गर्ने उछ्श्रृखल कार्यको घोर भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गर्दछौ । साथै नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवा लगायत नेताहरुमाथि गरिएको भौतिक आक्रमणको घोर निन्दा गर्दछौ ।

प्रवक्ता उप्रेतीले नेपाली नागरिकको प्रत्यक्ष सहभागितामा नेपालको संविधानसभाले निर्मार्ण गरेको संविधानको संरक्षक रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना र मर्मअनुरुप नै वर्तमान समस्याको निकास दिनुहुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

Share Now