Prakash Adhikari August 14, 2018

काठमाडौं,२८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाईभन्दाबढीको बहुमतको  सरकारले सोमबार आफ्नो सरकारको ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।

७४ पृष्ठ लामो प्रतिवेदनमा सरकारको गणनायोग्य काममा एअरपोर्टबाट सुन तस्करी गर्ने गोरेको पक्राउ र यातायात क्षेत्रको सिण्डिकेटको खारेजी मुख्य छन् ।

प्रगति विवरणमा विगतदेखि हुँदै आएका मन्त्रालय र विभागका कामलाई सरकारले उपलब्धिको रुपमा प्रस्तुत गरेको छ ।

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धिको रुपमा उल्लेख गरेको छ ।

यस बाहेका डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतको विषयलाई पनि प्रगति विवरणमा समेटिएको छ ।

नियमित रुपमा भैरहेका नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबास रेलमार्गको ट्रयाक निर्माण,, मुग्लिनको आर्कब्रिज, भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा रुख कटान, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो उपलब्धीमा राखेको छ । सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको पनि जनाइएको छ ।

सरकारको यो प्रतिवेदनमा समेटिएका कतिपय विषय उहाँ पहिलोपटक प्रधानमन्त्री भएर निस्कदा सार्वजनिक गरिएका उपलब्धिसंगै मिल्दाजुल्दा छन् । आकर्षक प्रस्तुति र डिजाईनमा सार्वजनिक गरिएको प्रगति विवरणले उहाँको सचिवालय भने निकै विगतमा भन्दा निकै सक्रिय रहेको देखाउछ । हेर्नुहोस पूर्ण विवरण :

https://drive.google.com/open?id=1MSF6I0QaVLd7IEwfVBqFNrXTYDUtA4QD

Share Now

Leave a comment.