Prakash Adhikari August 14, 2018

अंकरा(टर्की),२८ साउन(बीबीसी) । टर्कीका राष्ट्रपति रेजेप ताइप एर्दोआनले आरोप लगाउँदै आफूहरू एउटा रणनीतिक साझेदार हुँदाहुँदै पनि संयुक्त राज्य ‌अमेरिकाले टर्कीलाई पिठ्यूँमा छुरा धसेको बताएका छन्।

दुई देशबीच जारी कूटनीतिक विवादका कारण टर्कीको मुद्रा लिराको भाउ नराम्रोसँग खस्किँदा उनको त्यस्तो टिप्पणी आएको छ।

टर्कीमा एक अमेरिकी धर्मगुरुलाई थुनामा राखिएको भन्ने विवादमा राष्ट्रपति ट्रम्पले करका दरहरूमा वृद्धि गरिदिएपछि एर्दोआनले अमेरिकी व्यवहार अस्वीकार्य भएको जनाएका छन्।

आफूकहाँ थुनामा रहेका एक इसाई पास्टरलाई अमेरिकासमक्ष सुपुर्दगी गर्न टर्कीले अस्वीकार गरेका थियो।

टर्कीको लिरा र अमेरिकी डलर

प्रतिक्रिया स्वरूप गत हप्ता अमेरिकाले टर्की विरुद्ध विभिन्न प्रतिबन्धहरू लागु गरिदिएको थियो।

असफल

ती प्रतिबन्धहरूपछि बजारमा उथलपुथल मच्चिन पुगेको छ भने टर्कीको केन्द्रीय ब्याङ्कले त्यसलाई साम्य पार्न गरेको प्रयास सफल हुनसकेको छैन।

राजधानी अङ्कारामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति एर्दोआनले भने अमेरिकाले एकातिर हामीलाई रणनीतिक साझेदार भन्ने गर्छ, अर्को तर्फ आफ्नो रणनीतिक साझेदारको खुट्टामा नै गोली हान्ने गर्छ।

ट्रम्प र एर्दोआन
राष्ट्रपति एर्दोआनले भनेका छन् टर्की घेराबन्दीमा परेको छ।

दुई देशबीचको सङ्कट गहिरिँदै जाँदा गत हप्ताको अन्त्यतिर लिराको मूल्य र टर्कीको स्टक बजार तीव्र गतिले ओरालो लागेको थियो।

राष्ट्रपति एर्दोआनले विद्यमान आर्थिक अवस्थाले भन्दा पनि उनकै शब्दमा योजनाबद्ध षड्यन्त्रको परिणाम स्वरूप लिराको भाउ खस्केको दाबी गरेका छन्।

अमेरिकी पास्टर
इतिहासमा नै सबैभन्दा तल्लो विन्दुमा लिराको भाउ घटेपछि केही समयअघि देशको केन्द्रीय ब्याङ्कले उक्त मुद्रा माथिको दबाव कम गर्न नयाँ उपायहरू अवलम्बन गरेको थियो।

त्यसयता अवस्थामा केही सुधार देखिएको बताइएको छ।

Share Now

Leave a comment.