Prakash Adhikari September 23, 2025

काठमाडौं,७ असोज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ ।

२०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपालले े मुलुकभरि जम्मा १ सय ४६ कार्यालयहरु, ३ सय ६२ कर्मचारीहरु तथा ४० हजार ९ सय ७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।

हाल सन नेपाल कम्पनीको चुक्ता पूँजी रकम रु.५ अर्ब ०३ करोड ११ लाख ६४ हजार ४०० सय रहेको छ । कम्पनीको जगेडा कोषमा रकम रु.२ अर्ब २३ करोड २४ लाख ९ हजार ८ सय १ तथा जीवन बीमाकोषमा रकम रु.१० अर्ब १० करोड ८७ लाख ८१ हजार ५ सय ४५ कायम छ । कम्पनीको नेट वर्थ रकम रु.१५४.३५ रहेको छ ।

यसले कम्पनीको जोखिम धारण गर्ने क्षमता वृद्घि हुँदै गएको कम्पनीले जनाएको छ ।

आठौं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई आजको स्थितिमा पु¥याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरु, सेवाग्राहीहरु, अभिकर्ताहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुप्रति व्यवस्थापनले कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ प्र्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्घता व्यतm गरेको छ ।

Share Now