Prakash Adhikari August 16, 2018

किंग्सटन्, वेष्ट इण्डिज, ३१ साउन । वेष्ट इण्डिजको किंग्सटन्मा भैरहेको क्यारेबियन प्रिमियर लिगको आठौं तथा नेपाली खेलाडी सन्दीप लामिछाने संलग्न सेन्ट किट्स एण्ड प्याटियोर्टस्को तेस्रो खेलमा पनि सन्दीपले सानदार प्रदर्शन गरेका छन् ।

आजको खेलको पहिलो इनिड.मा बलिड.मा परेको सन्दीपको सेन्ट किट्सले उनलाई पाँचौ ओभरमा मैदानमा उतारेको थियो । उनले पाचौ ओभरमा एक छक्का सहित १० रन लिन दिए । त्यसपछि सातौ ओभरमा मैदानमा आएका सन्दीपले दोस्रो बलमा लेभिसलाई आउट गरे र चौथो बलमा म्याकक्याथेलाई आउट गरे ।

उनी तेह्रौ ओभरमा पनि मैदानमा उत्रिए । जम्मा १ रन लिन दिए ।
१५ औं ओभरमा पनि मैदानमा उत्रिएका नेपाली खेलाडी सन्दीपले जम्मा ३ रन लिन दिए ।

सन्दीपको टीमका ब्राथवेटले १७ औं ओभरको पाँचौ बलमा पावेललाई आउट गरे भने १४ औं ओभरको पहिलो बलमा कटलिड.ले फिलिड.लाई मैदान बाहिर पठाए ।

सन्दीपको सेन्ट किट्सलाई जमैका तलबाहले १७९को लक्ष्य दिएको छ ।

सन्दीपको टीमले १६.२ओभरमा आठ विकेट गुमाउदै ११२ रन हासिल गरेको छ ।

यो खेलको नतिजा जता गएपनि नेपाली खेलाड सन्दीपको प्रदर्शन भने शानदार रहन गएको छ ।

Share Now

Leave a comment.