Prakash Adhikari August 16, 2018
काठमाडौं, ३१ साउन । नगरपालिकाहरुलाई स्वच्छ राखेर सुन्दर र बसोबासका लागि उत्तम स्थानमा परिणत गर्ने अभिप्रायले जनस्वास्थ्यको क्षेत्रमा कार्यरत नेपाली इञ्जिनियरहरुले देशव्यापी अभियान सञ्चालन गरेका छन् ।
नेपाललाई स्वच्छ पार्ने उद्देश्यले जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स,सोफेन, Society of Public  Health Engineers,SOPHEN)को आयोजना र वातावरण र जनस्वस्थ्य संस्था,इन्फोEnvironment and Public Health organization, ENPHO) तथा ५०० बी सोलुसन प्रा.लि(500 B Solution Pvt ltd)को सहयोगमा राजधानीमा देशभरका नगरपालिकाका इञ्जिनियरहरुलाई मानव मलमूत्रीय फोहर व्यवस्थापनको तालिम (Capacity Building Training for Municipal Engineers on Faecal Sludge Management,FSM) प्रदान गरिको छ ।
सोही अभियान अन्तरगत बिहिबारदेखि राजधानीमा प्रदेश नं ३, कर्णाली प्रदेश र ७ नं प्रदेशका नगर इञ्जिनियरहरुलाई मानव मलमूत्रीय फोहर व्यवस्थापन सम्बन्धी ३ दिने तालिम आरम्भ भएको छ ।
यो तालिम यो श्रृखलाको अन्तिम तालिम हो । सोफेनको आयोजना र इन्फो तथा ५०० बी सोलुसनको सहयोगमा यस पूर्व चारवटा यस्तै तालिम सम्पन्न भैसकेका छन । जसमा प्रदेश १ र २ को अलग अलग तथा प्रदेश ४ र ५ को संयुक्त तालिम आयोजना गरिएको थियो ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक ई. तेजराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिमको सभापतित्व सोफेनका अध्यक्ष ई. रामदीप शाहले गर्नुभएको थियो ।
उद्घाटन शत्रलाई सम्बोधन गर्दैे खानेपानी तथा ढल निकास विभागका महानिर्देशक भट्टल तालिममा सहभागी ईञ्जिनियरहरुलाई आफ्नो नगर स्वच्छ राखी सबै नगरबासीको मन जित्ने काम गर्न अनुरोध गर्नुभयो ।
उहाँले खानेपानी र सरसफाई नेपाली जनताको मौलिक हकको रुपमा संविधानको धारा ३४ र ३५ मा व्यवस्था गरिएकोले यसको सेवा उपलब्ध गराउने दायित्व संघीय,प्रदेश र स्थानीय गरि तीनवटै तहको सरकारको भएको उल्लेख गर्नुभयो ।
महानिर्देशक भट्टले खानेपानी र सरसफाईका विषय संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्यमा पनि परेको र नेपाल पनि सोको हस्ताक्षरकारी देश भएकोले सो लक्ष्य पूरा गर्न पनि हामीसबैले आफ्ना स्थानबाट योजनाबद्ध रुपमा इमान्दारीपूर्वक काम गर्नुपरेको बताउनुभयो ।
उहाँले नेपालले देशलाई  खुला दिशामुक्त घोषणा गर्ने अभियान अन्तरगत ६० जिल्लामा काम सम्पन्न भैसकेको र अब १७ जिल्लामा पनि छिटै सकिने जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा सोफेनका उपाध्यक्ष तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक सञ्जिब विक्रम राणाले मानव मलमूत्रजन्य फोहर मैलाको समुचित व्यवस्थापन हुन नसक्दा प्रमुख नगरपालिका छेउछाउका खोलानाला प्रदूषित भएको घटनाबाट शिक्षा लिएर नगरलाई स्वच्छ राख्ने र खोलनाला सफा राख्ने पद्धति विकास गर्न ढल प्रशोधन र फोहरमैला व्यवस्थापनमा नगरपालिकाहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल इञ्जिनियर एशोसियसनका पूर्व अध्यक्ष र्इं.किशोर शाक्यले मानव मलमूत्रीय फोहर सबै शहरको समस्या भएको बताउदै त्यसको समुचित व्यवस्थापनका उपायहरु सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले मानव मलमूत्रीय फोहर मैलाको व्यवस्थापनमा निजी क्षेत्रलाई समेत आकर्षित गर्न सकिने र समुदायको संलग्नताले पनि सुव्यवस्थि तगर्न सकिने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सोफेनका अध्यक्ष ई. रामदीप साहले देशभर नगर क्षेत्र बढ्दै गएको र मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनमा आवश्यकता अनुरुप राज्य,समुदाय र निजीक्षेत्र कतैबाट पनि यथोचित प्रयास हुन नसकेको हुनाले सोफेनले इन्फो र ५०० बी सोलुसनसंगको सहकार्यमा यस क्षेत्रमा राष्ट्रव्यापी अभियान चलाएको बताउनुभयो ।
सोफेन अध्यक्ष ई. साहले नेपालका प्रमुख शहरहरुमा फोहर मैला र ढलनलको समुचित व्यवस्थापन नहुँदा देखिएको समस्याबाट शिक्षा लिएर नगरलाई स्वच्छ,सुन्दर र वसोवासका लागि  आकर्षक बनाउने उद्देश्यले यस अगाडि सबै प्रदेशका नगरपालिकाका प्रमुखहरुलाई मानव मलमूत्र सहित ढल व्यस्थापन र सरसफाईको तालिम दिएको उल्लेख गर्नुभयो ।
तीन दिनसम्म चल्ने सो कार्यशालामा सोफेनका अध्यक्ष ई.रामदीप साह, ई. विपिन डंगोल,डा. मिड.मा शेर्पा, अञ्जली मानन्धर, र्इं. कृष्णा याङ्दो,र्इं. राजेन्द्र श्रेष्ठ,ई.हरिप्रसाद शर्मा, ई.ऋतु राजभण्डारी,ई.राममणि शर्मा, ई.सुदर्शन भण्डारी,ई. सञ्जय अधिकारी, ई. किरण दर्नालले मानव मत्रमूत्रीय फोहर मैला व्यवस्थापनका घरायसी र सार्वजनिक शौचालय निर्माण, सेफ्टि ट्यांक, ढल प्रणाली, ढल प्रशोधन,प्रशोधित पानीको पुन उपयोग र मलको व्यवस्थापन सहित यस क्षेत्रका कानूनी र संस्थागत विकास तथा राष्ट्रिय र अन्तराष्ट्रिय अभ्यासका विषयमा प्रस्तुति दिनुहुने कार्यक्रम छ ।
कार्यशालाका सहभागीहरुलाई लुभुको ढल प्रशोधन केन्द्रको स्थलगत अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको छ ।
कार्यशालाका सहभागीहरुलाई समूह विभाजन गरि आआफ्ना नगरमा मानव मलमूत्रीय फोहरका समस्या र तिनको दिगो व्यवसथपनका उपायहरुका बारे अभ्यास गरी साझा निष्कर्ष निकाल्ने कार्यक्रम रहेको छ ।
सोफेनले खानेपानी,जलवायु परिवर्तन,स्वच्छ वातावरण र फोहर मैला व्यस्थापनका क्षेत्रमा देशव्यापी आभियान चलाईरहेको छ । यसले हरेक प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखहरु र उपभोक्त समितिका प्रमुखहरुलाई मानव मलमूत्रीय फोहर व्यवस्थापनका बारमो सचेतना कार्यशालामा सहभागी गराईसकेको छ ।
Share Now

Leave a comment.